खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुलको टावर ढलेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर निर्माण सम्पन्न नहुँदै ढलेको हो।
नेकपा (एमाले) उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था समाधान गर्न सबै एक ठाउँमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा देखा परेका समस्यालाई साझा निष्कर्ष निकालेरै सम्बोधन गर्ने बताउनुभएको छ।
मिटरब्याज विरुद्धको आन्दोलनमा उत्रिएका पीडितहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पुगेका छन् । मधेश प्रदेशका जिल्लाबाट आएका उनीहरू आफूले न्याय पाउनुपर्ने र मिटरब्याजीमाथि कारबाही गर्न कानुन निर्माणको माग गर्दै पैदलयात्रामा छन् ।
बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो ।
साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको एक खेल अगावै फाइनलमा पुगेको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताउनुभएको छ।
पाकिस्तानको सिन्ध प्रान्तका एक जना राजनीतिक कार्यकर्ताले राज्यका जनतामाथि सङ्घीय सरकार र उसको सेनाले अत्याचार गरेको समग्र राज्यलाई आफ्नो उपनिवेशको रूपमा व्यवहार गरेको आरोप लगाएका छन् ।
हवाई जहाजबाट देखिएको कास्कीस्थित बेगनास ताल र रुपा ताल आसपासको दृश्य।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त हुनुभएको हो ।
काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताउनुभएको छ ।
पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ।