चौथो वीर गणेशमान सिंह १० किमी रोड रेसको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले जित्नुभएको छ ।
जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरू घाइते भएका हुन् ।
नेपाल र भारतका व्यावसायिक बक्सरबीच शनिबार (आज साँझ) भैरहवामा बक्सिङ भिडन्त हुँदैछ ।
गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यसमितिसँग शनिबार राष्ट्रपति भवनमा भेट गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
पशुपतिनाथको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभई विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।
मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखर पौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट ( शनिबार) टाइम कार्ड लागू गरेको छ । ट्राफिक प्रहरीले सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्ड लागु गरेको जनाएको हो ।
कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा बेनी नगरपालिका क्षेत्रबाट बसाइ सरेर आउने भन्दा जानेको सङ्ख्या बढी देखिएको छ ।
जाजरकोटमा अधिकांश मेडिकल तथा फार्मेसी दर्ता तथा अनुमति विना नै सञ्चालन हुने गरेको पाइएको छ । जिल्लामा करिब ६० वटा भन्दा बढी मेडिकल सञ्चालनमा रहे पनि १२ वटा मात्र दर्ता भएको पाइएको छ ।
नेपालमा टोलटोल र डबलीमा देखाइने नाटकको आफ्नै किसिमको परम्परा थियो । हामीले अहिले हेर्ने पश्चिमी शैलीको ‘थिएटर’ नाटक भने नाट्यसम्राट् बालकृष्ण समले भित्र्याउनु भएको हो । उहाँले नाटक लेख्ने, मञ्चन गराउने काम मात्र गर्नुभएन, नाटकको एउटा पुस्ता नै तयार पारिदिनु भएको थियो । समले तयार पारिदिनु भएको त्यो पुस्ताको पनि अन्त्य भइसकेको छ ।
गुलियो चुसिसकेको चुइङ्गमजस्तो जिन्दगी भुइँमा फाले पनि फेरि टाँसिएर बस्छ खुट्टाहरूमा र, हिँड्न गाह्यो बनाइजान्छ– जिन्दगी