पाकिस्तानको सिन्ध प्रान्तका एक जना राजनीतिक कार्यकर्ताले राज्यका जनतामाथि सङ्घीय सरकार र उसको सेनाले अत्याचार गरेको समग्र राज्यलाई आफ्नो उपनिवेशको रूपमा व्यवहार गरेको आरोप लगाएका छन् ।
हवाई जहाजबाट देखिएको कास्कीस्थित बेगनास ताल र रुपा ताल आसपासको दृश्य।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त हुनुभएको हो ।
काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताउनुभएको छ ।
पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ।
भारतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सञ्चार माध्यमले भारतको आवाज अब विगतको भन्दा अझ चासो दिएर अन्तर्राष्ट्रिय समुदायले सुन्ने बताएका छन् ।
फ्रान्स र बेल्जियमले युरोकप फुटबलको छनोट खेलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० गोलले हरायो । अर्को खेलमा बेल्जियमले स्वीडेनलाई ३–० गोलले स्तब्ध बनायो ।
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ ।