• ४ पुस २०८१, बिहिबार

संविधानको पालना र संरक्षण प्रमुख दायित्व : राष्ट्रपति

blog

नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँग भेट गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, चैत ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफू सचेत नै रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘संविधानको अक्षर र भावनाको मर्म अनुरूप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।’’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।