• ८ वैशाख २०८१, शनिबार

साताका सात तस्बिर

blog

हवाई जहाजबाट देखिएको कास्कीस्थित बेगनास ताल र रुपा ताल आसपासको दृश्य। तस्बिरः नारायण न्यौपाने/रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको भ्रमणमा रमाउँदै पर्यटक । खोपारा लेक समुन्द्री सतहदेखि तीन हजार छ सय मिटरको उचाईमा अवस्थित रहेको छ । तस्बिरः सन्तोष गौतम/रासस


ललितपुरको ग्वार्को क्षेत्रमा बन्दै गरेको फ्लाइओभर । उक्त क्षेत्रमा फ्लाइओभर निमार्णको कम भइरहेको कारण सवारी आवगमनमा भने चाप बढेको छ । तस्बिर : सागर बस्नेत


म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ ज्यामरुककोटको गौश्वारामा मङ्गलबार परेको असिना । असिना पानीले भित्राउने बेलाको बाली सखाप पारिदिएपछि किसान चिन्तित बनेका छन् । तस्बिर : ध्रुवप्रसाद शर्मा/रासस


धादिङको सल्यानटार आसपास क्षेत्रको हेलीवाट कैद गरिएको दृष्य । तस्बिरः प्रदीपराज वन्त/रासस


संखुवासभाको खाँडबारी नपा  र भोजपुर जिल्लाको षडानन्द नपाको सिमाना भएर बग्ने अरूण नदीमा गाडी फेरीमार्फत नदी पार गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस


पहाडकी रानी बन्दीपुर बजार। तुलनात्मक रुपमा विदेशी पर्यटकले भरिने बन्दीपुरमा सडक विस्तारले हिलाम्मे र धुलाम्मे हुँदा पर्यटक आगमनमा समस्या भएको यहाँका व्यवसायीको भनाइ छ । तस्बिरः मिला दरै/रासस