नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताभन्दा पहिले कोशीको उत्पत्ति भएको हुँदा कोशीको नामकरणमा विवाद गर्नु आवश्यक नभएको बताउनुभएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । जनगणना नतिजाअनुसार परिवार संख्याका आधारमा महिलाको नाममा घरजग्गा रहेको प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा देखिएको छ ।
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ ।
ताप्लेजुङमा दोस्रो औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सव–२०७९ को तयारी सुरु गरिएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको विसं २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।
बेलारुसमा अलपत्र नौ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो ।
नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिनेक्रममा एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई संयुक्त राजीनामा पत्र बुझाउनुभयो ।
डिभिजन सडक कार्यालयले भने सडकको स्तरोन्नतिका लागि उक्त सर्भिस लेन भत्काइएको जनाएको छ । बल्खु–कलंकी सडक खण्डको सर्भिस लेनको एक किलोमिटर सडक खण्डमा कालोपत्रे मुनिको बेस फेलियर भइ कालोपत्रे सतह बिग्रिएको पाइएको जनाएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरूमाथि भएको उत्पीडनको अन्त्य नहुने बताउनुभएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका मुख्य योजनाहरूको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
बाघको आक्रमणमा कञ्चनपुरकी एक महिलाको आज मृत्यु भएको छ।
भारतसँग सीमा जोडिएको झापामा सीमा क्षेत्रमा रहेका समस्या सामधान गर्न प्रयत्न गर्ने सरोकारवालाले प्रतिबद्धता जनाउनुभएकोछ । खुला सीमाको फाइदा उठाउँदै भइरहेका अवैध कारोबार रोक्न, कुखुरा तथा मासुजन्य पदार्थको अवैध आयातलाई निरुत्साहित गर्न, नेपालतर्फ आएर भारतीय गाडीले गर्नेगरेको मनोमानी रोक्न, सुपारीको बिषयमा देखिएको समस्या समाधान गर्न स्थानीयले माग गरेपछि सरोकारवालाले सो प्रतिबद्धता जनाउनु भएको हो ।