• २८ फागुन २०८१, बुधबार

बल्खु–कलङ्की सडकको सर्भिस लेन किन भत्काइयो ?

blog

बल्खु–कलंकी सडकको सर्भिस लेन भत्काउँदै डिभिजन सडक कार्यालय । तस्बिर : डिभिजन सडक कार्यालय

काठमाडौं, चैत १० गते । पछिल्लो समय बल्खु–कलङ्की सडकको सर्भिस लेन भत्काइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । भर्खरै बनेको सडकको सर्भिस लेन किन भत्काइएको भन्दै प्रश्नहरू  उठिरहेका छन् ।

तर डिभिजन सडक कार्यालयले भने सडकको स्तरोन्नतिका लागि उक्त सर्भिस लेन भत्काइएको जनाएको छ । बल्खु–कलङ्की सडक खण्डको सर्भिस लेनको एक किलोमिटर सडक खण्डमा कालोपत्रेमुनिको बेस फेलियर भइ कालोपत्रे सतह बिग्रिएको पाइएको जनाएको छ ।

डिभिजनका अनुसार त्यसमा एसफाल्ट ओभर मात्र गर्दा प्रभावकारी नहुने देखिएको हो । सडक विभागबाट नियुक्त परामर्शदाताले गरेको अध्ययन अनुसन्धानले पनि बिग्रिएको उक्त एक किलोमिटर सडकखण्डमा रिहाबिलिटेसन गर्नुपर्ने सिफारिस भएको डिभिजनले जानकारी दिएको छ ।

सोहीअनुसार परामर्शदाताले पेश गरेको डिजाइनअनुसार १५ सेन्टिमिटर बेस कोर्स र ६ सेन्टिमिटर आसफाल्ट कङ्क्रिट गर्ने गरी रिहाबिलिटेसन गर्ने सिलसिलामा उक्त कार्य भइरहेको डिभिजनले जानकारी दिएको छ ।