नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनले नै पाँच वर्षसम्म सरकार चलाउने दाबी गर्नुभएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थित चक्रपानी उपाध्यायको घरमा परम्परागत शैलीबाट पालन गरिएको मौरी । पछिल्लो समय गाउँमा यस्ता घारहरु विरलै देख्न पाइन्छ । तस्बिरः दीपक बोहरा/रासस
वैशाख १० गतेदेखि पशुपति मन्दिर क्षेत्रमा सन्त सम्मेलन एवम् विभिन्न धार्मिक कार्य हुने भएको छ।
बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो ।
असन्तुष्ट पक्षले बहिस्कार गरेपनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आकस्मिक बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । एन्फाले शनिबार कार्यसमितिको आकस्मिक बैठक डाकेको थियो ।
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते हुनुभएको छ । डुम्रे–वेशीसहर सडक खण्डमा पर्ने तनहुँको भानु नगरपालिका –२ भकुन्थोकबाट मल बोकेर वेशीसहर जाँदैगरेको बा ३००१ त २२६ नम्बरको ट्याक्टरको इन्जिन र ट्रली जोड्ने भाग भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।
नेकपा (एमाले) ले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय संवाद टोली गठन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो संवाद टोली गठन गरेको हो ।
काठमाडौंमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौँ दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बनाउनुभएको छ ।
नेकपा (एमाले) ले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र २ र तनहुँ क्षेत्र १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
नेकपा (एमाले) बाँकेको आयोजनामा नेपालगञ्ज उप–महानगरपालिका वडा २३ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका रमेश खरेलले राजनीतिक सिण्डीकेट तन्त्रविरुद्ध सबै एक हुनुको विकल्प नरहेको बताउनुभएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र।