हालै इरानमा सम्पन्न विश्वकप जुनियर कबड्डी खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीका इसरार खाँलाइ नेपालगञ्जमा सम्मान गरिएको छ ।
हालसम्म ३५ वटा अस्पतालले मात्र मस्तिष्क मृत्युपछि समन्वय इकाईमा जानकारी गराएको पाइएको छ।
नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम एनटिए खुला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत २९ गते हुने भएको छ ।
भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
दुवाथलनको उपाधि पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फ भारतकी स्नेहल सुनिल जोशीले जित्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
छैटौँ संस्करणको एनसेल बाह्रखरी गल्फ प्रतियोगिता वैशाख ९ गते हुने भएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते तीन जिल्लामा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।
‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको दुई रियालिटी शोमध्ये ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ अनुबन्धित हुनुभएको छ ।
बारामा पछिल्लो समय सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । आइतबार दिउँसो ट्याम्पो दुर्घटना हुँदा घटनास्थलमै एक जना बालिकाको मृत्यु भएको छ ।
संविधानविद् खिमलाल देवकोटाले संविधानको धारा २९१ मा गैरआवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन तीन वटा कामका निमित्त कम्तीमा तीन महिना व्यतीत नभई कन योग्य नहुने व्यवस्था गरेको बताउनुभयो।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा निर्माण सम्पन्न भएको करिब एक वर्ष पूरा हुनै लाग्दा समेत चिल्ड्रेन पार्क सञ्चालनमा आउन सकेको छैन । गाउँपालिकाको वडा ५ इविथानमा रहेको सो पार्क सञ्चालनमा आउन नसकेको हो ।
ताप्लेजुङको दुर्गम तथा बिकट स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाको एक महिलाको जनप्रतिनिधिले उद्धार गरेका छन् । सो गाउँपालिकाको तिन्दु टोलमा अहिलेसम्म सडक नपुगेपछि स्थानीयलाई उपचारमा समस्या हुनेगरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटरब्याज पीडितका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
काठमाडौं, चैत १९ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ। गत बिहीबारको तुलनामा शेयर कारोबार रकम बढेको छ। नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। तर यता स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।