इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसार्नु भएपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उहाँले दुःख व्यक्त गर्नुभयो, “हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।”
स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताउनुभएको छ।
झोरा नृत्य प्रस्तुत गर्न तयारी अवस्थामा कलाकारहरु
गीतकार ज्ञानेश्वर तिवारीको सेल्फी मोबाइल बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
रुपन्देहीको लुम्बिनीमा लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता हुनेभएको छ ।
शनिबार साँझ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मिटरब्याज विरुद्धको संघर्ष समिति र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।
घोडाघोडी नगरपालिकाको १६ औँ नगरसभा अधिवेशन शनिबारदेखि सुरुभएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य खुशीराम चौधरीले अधिवेशनको उद्घाटन गर्नुभयो ।
कैलालीको धनगढीमा भएको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ।
विक्रम गिरी र कमलकुमार बस्नेतकाठमाडौं, चैत १८ गते। रोयल नेपाल गल्फ क्लबमा पुग्दा सद्भाव आचार्य पसिनाले निथ्रुक्क भिज्नु भएको थियो। उहाँगौचरनस्थित सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको दोस्रो दिनको खेलमा भर्खर १८ होल पूरा गरेर फर्किनु भएको थियो। प्रतिभावान् १६ वर्षे ‘एमेच्योर गल्फर’ आचार्य उक्त प्रतियोगिताबाट निकै उत्साहित हुनुहुन्छ।“हालसम्मको खेल प्रदर्शनबाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “अहिलेसम्म ‘अन्डर’मै खेलिरहेको छु, जारी प्रतियोगितामा राम्रै परिणाम आउनेमा आशावादी छु।” प्रत्येक प्रतियोगिता आफ्ना लागि सिकाइ र सीप निखार्ने अवसर भएको आचार्यले बताउनुभयो। त्यसको दुई दिनपछि अर्थात् शुक्रबार प्रतियोगिता सम्पन्न हुँदा उहाँले उपाधि उचाल्नुभयो।आचार्यले उपाधिमात्र चुम्नु भएन उपाधिसँगै उक्त प्रतियोगिता जित्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमानसमेत बनाउनुभयो। यसअघि उक्त कीर्तिमान सुभाष तामाङको नाममा थियो। तामाङले १६ वर्ष ११ महिनामा सो कीर्तिमान बनाएका थिए। आचार्यले भने १६ वर्ष १० महिनामै उपाधि जितेर तामाङको कीर्तिमान तोडेका तोड्नु भएको हो। शुक्रबार सम्पन्न प्रतियोगितामा तामाङ चौथो र एमेच्योरतर्फ दोस्रो स्थानमा रहनुभयो।केही समयअघि बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न ३६औँ बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसीपमा यही तामाङ र आचार्यको जोडी नेपालका लागि स्वर्ण पदक जित्न सफल भएको थियो। आचार्य चार वर्षको उमेरदेखि नै गल्फ खेल्न थाल्नु भएको हो। हाल उहाँ १६ वर्षका हुनुभयो। परिवारमा गल्फ खेल्ने आचार्य तेस्रो पुस्ताका हुनुहुन्छ। उहाँका बुबा दीपक आचार्य नेपाल गल्फ सङ्घमा महासचिवका साथै गोकर्ण गल्फ क्लबका सिनियर निर्देशकसमेत हुनुहुन्छ।बुवा गल्फ खेल्ने भएकाले सद्भावको रुचि सानैदेखि यसतर्फ बढेको हो। फलस्वरुप जुनियर गल्फर हुँदै यतिबेला एमेच्योर गल्फरका रूपमा आफूलाई चिनाउन सफल हुनुभएको हो । “पढाइ र खेल सँगसँगै अघि बढाएको छु”, उहाँले भन्नुभयो, “अहिलेसम्म दुवै कामका लागि समयको व्यवस्थापन गरेकै छु।” सद्भाव हाल अनलाइनमार्फत काठमाडौँ वर्ल्ड स्कुलको पढाइ र भारतको बैङ्ग्लोरस्थित गल्फ एकेडेमीमा बसेर गल्फ प्रशिक्षणलाई अघि बढाउन सफल भएका छन्। “बैङ्ग्लोरको प्रशिक्षणले मलाई एकदमै मद्दत पुगेको छ, दिनप्रतिदिन अभ्यस्त हुँदैगएको छु”, उहाँले भन्नुभयो।नेपालका नम्बर वान एमेच्योर गल्फर सुभाषको कथा भने ठ्याक्कै विपरीत छ। कक्षा ३ सम्मको मात्र अध्ययन पूरा गरेका तामाङ १० वर्षको उमेरमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ भारदेउबाट कामको खोजीमा भौँतारिँदै त्रिभुवन विमानस्थल नजिक माइजुकहाँ आइपुग्नु भएको हो। माइजु नजिकैको होटलमा काम गर्थिन् भने माइजुको छोरा गल्फ कोर्समा काम गर्थे। “मैले पनि बल व्यायामका रूपमा गल्फ कोर्समा काम गर्ने मौका पाएँ”, सुभाषले विगत सम्झदै भन्नुभयो, “चार वर्ष गल्फरले खेलेका बल खोज्दैमा बित्यो।” बल व्यायामका रूपमा काम गर्दा उनलाई ‘पकेट खर्च’का लागि अन्यत्र जोहो गर्न जानुपर्ने बाध्यता भएन। बल खोज्दै गरेका तामाङमा विस्तारै गल्फ खेल्ने रहर पलायो। त्यही रहरले आज चल्तीका नेपाली गल्फर बन्नुभएको हो। तामाङ हरेक दिन सफलतातर्फ अघि बढ्दै जानुभएको छ।‘द वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ’अनुसार तामाङ नेपालका नम्बर वान एमेच्योर गल्फर हुन्। उहाँले नेपालमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रयोगितामा नेपाललाई स्वर्ण पदक दिलाउनु भएको थियो। आचार्य र तामाङ दुवैको लक्ष्य गल्फ खेलका माध्यमबाट व्यावसायिक करिअर अघि बढाउँदै नेपाललाई विश्वस्तरमा चिनाउने रहेको छ। समान उद्देश्य बोकेका यी दुवै एमेच्योर गल्फरबीच यही नै एउटै समानता छ।दुवै गल्फर यतिबेला भारतको बैङ्ग्लोरस्थित ‘तरुण सरदेसाइ गल्फ एकेडेमी’मा गल्फ खेल्ने दक्षता र क्षमता बढाइरहेका छन्। यो भारतको पहिलो आवासीय गल्फ एकेडेमी हो। भारतका पूर्वगल्फर तरुण सरदेसाइले यसको सुरुआत गरेका हुन्। एकेडेमीमा उनी आफैँ मुख्य प्रशिक्षकका रूपमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्। यहाँबाट उत्पादित भारतीय गल्फरले त आफ्नो देशका लागि ओलम्पिकमा पदकसमेत प्राप्त गरिसकेका छन्।यही एकेडेमीमा नेपालका यी दुई गल्फर तामाङ र आचार्यले दैनिक १० घण्टाका दरले कडा मेहनत गरिरहेका छन्। आचार्य पछिल्लो छ महिनायता एकेडेमीमा अभ्यासरत छन्। हाल अध्ययन गरिरहेको कोर्स पूरा गर्न दुई वर्ष लाग्ने आचार्यले सुनाउनुभयो। नेपालको पढाइलाई पनि निरन्तरता दिएको उहाँको भनाइ छ।नेपालका उदीयमान यी गल्फरलाई केही दिनअघिमात्रै गोकर्ण गल्फ कोर्समा आयोजित ‘इन्डियन एम्बेस्डर इन्भाइटेशनल गल्फ टुर्नामेन्ट’को अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विशेष सम्मान गर्नुभएको थियो। सद्भावले प्रतियोगितामा ‘लङ्गेस्ट ड्राइभ’ अवार्डसमेत जित्न सफल हुनुभयो। सो अवसरमा राजदूत श्रीवास्तवले दुई नेपाली महिला गल्फर करिष्मा शाह र जुनी गुरुङलाई समेत पुरस्कारस्वरुप जनही ५० हजार प्रदान गर्नुभएको थियो।आचार्यका अनुसार नेपालमा छँदा उहाँको दैनिक ६ देखि ७ घण्टा गल्फ कोर्समै बित्छ। गल्फर बन्ने सपनामा परिवारले ठूलो लगानी गरेको आचार्यको भनाइ छ।तामाङको भने खर्चको जोहो गर्ने माध्यम अलिक फरक नै छ। आर्थिक रुपमा कमजोर पृष्ठभूमि भएका उनलाई नेपाल गल्फ सङ्घले सहयोग गर्दै आएको छ। छात्रवृत्ति पाएका तामाङ यसबाट आफूलाई निकै ठूलो सहयोग पुगेको बताउँछन्। “बैंग्लोरमा सङ्घ र एकेडेमीले ठूलो सहयोग गरेको छ, नेपालमा पनि रोयल नेपाल गल्फ क्लबले निःशुल्क खेल्ने व्यवस्था मिलाएको छ”, उहाँले भन्नुभयो।यो जोडीले नेपालका लागि अन्तर्राष्ट्रिय प्रयोगितामा पदक जित्नेमात्रै नभई नेपाललाई खेलमार्फत विश्वस्तरमा अझ बढी चिनाउने र पर्यटकीय विकासमा सहयोग पु¥याउने लक्ष्य बोकेको छ। अबको केही समयपछि दुवै गल्फर जापान र सिङ्गापुरमा हुने प्रयोगितामा सहभागिता जनाउँदैछन्। भर्खरै सम्पन्न प्रतियोगिताबाट उनीहरु थप निखारिएका छन्।नेपाल गल्फ सङ्घका महासचिव आचार्य १३औँ दक्षिण एसियाली खेलकुदमा तामाङले स्वर्ण पदक जितेपछि राज्यले गल्फ खेलप्रति हेर्ने दृष्टिकोणमा अझ बढी सकारात्मक छाप छाड्न सफल भएको बताउँछन्। यही कारण थियो, राखेपले तामाङलाई केही समयका लागि भए पनि छात्रवृत्ति उपलब्ध गरायो। सङ्घकै पहल र सहयोगमा त तामाङका लागि पक्की घरसमेत बन्यो। आचार्य र तामाङको अबको लक्ष्य एसियाली खेलकुदमा हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने लक्ष्य छ।गल्फलाई विश्वस्तरमा ‘धनीहरूको खेल’ पनि भनिन्छ। तर तामाङजस्ता प्रतिभाशाली गल्फरका हकमा भने यो भनाइ लागू हुँदैन। सीप र क्षमता हुने हो भने यो धनीहरूको मात्र होइन, गरिबको पनि खेल हुनसक्छ भन्ने उदाहरण तामाङ बनेका छन्। रासस
रेसुङ्गा संरक्षण समितिको नेतृत्व सर्वसम्मत चयन भएको छ । तम्घासमा भएको रेसुङ्गा संरक्षण समितिको छैटौँ अधिवेशनले सुरेशचन्द्र भुसालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
शुक्रबारदेखि वर्षासँगै परेको असिनाले दार्चुलाका विभिन्न गाउँका किसानले लगाएको बालीनाली सखाप बनाएको छ । असिना पानीले किसानले लगाएको तरकारी, फलफूलका साथै गहुँ, जौँलगायत अन्नबाली सखाप पारेको हो ।
अवैधरुपमा घरमा लुकाइछिपाई राखिएको अवस्थामा ६९ बोरा जटामसी डिभिजन बन कार्यालय डोल्पाले बरामद गरेको छ ।
एसिया कप ट्रायथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जित्नुभएको छ ।