• १३ मंसिर २०८१, बिहिबार

रेसुङ्गा संरक्षण समितिको अध्यक्षमा भुसाल

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत १८ गते । रेसुङ्गा संरक्षण समितिको नेतृत्व सर्वसम्मत चयन भएको छ । तम्घासमा भएको रेसुङ्गा संरक्षण समितिको छैटौँ अधिवेशनले सुरेशचन्द्र भुसालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा थमनबहादुर खड्का, मोतीप्रसाद खनाल र राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित हुनुभयो । सचिव गोपाल पन्थी, कोषाध्यक्ष नेत्रबहादुर बस्नेत, सहसचिव यज्ञप्रसाद शर्मा पन्थी, सह–कोषाध्यक्ष रेमलाल पाण्डे चयन हुनुभएको छ । 

सदस्यहरू पुष्कर पन्थी, रामबहादुर थापा, कृष्णप्रसाद भण्डारी, झकबहादुर बस्नेत, गोविन्द गौतम, केशरबहादुर थापा, शान्ता थापा, विजया लक्ष्मी, शोभा मरासिनी, देवीराम पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, शेरबहादुर थापा र लुमसिंह बस्नेत रहनुभएको छ ।

त्यसअवसरमा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले रेसुङ्गाको धार्मिक महिमा र रेसुंगाप्रतिको श्रद्धा आपार रहेको उल्लेख गर्दै रेसुङ्गालाई आस्था राख्ने मान्छेलाई कहिल्यै पनि दुःख नहुने बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका नेता सालिकराम पन्थीले जिल्लाको मात्र नभई नेपालकै ऐतिहासिक क्षेत्रको रूपमा रहेको रेसुङ्गाको बृहत्तर प्रचारप्रसार र विकासका लागि सबैको साझा लक्ष्य हुनुपर्ने बताउनुभयो ।