भेरी नगरपालिका–३ का तीन वर्षीय सुवास सुनारको तौल उमेरअनुसार १४ किलो हुनुपर्ने हो तर उहाँको तौल सात किलो रहेको छ। जन्मिँदै कुपोषण भएका सुवास राम्रोसँग बोल्न पनि सक्दैनन्। जिल्ला अस्पताल जाजरकोटका स्टाफ नर्स विष्णु शाहका अनुसार सुवासको शारीरिक र मानसिक विकासमा बाधा पुगेको छ। जाजरकोटकै छेडागाड नगरपालिका–१२, पोखराकी १८ वर्षीया टीका सिंहले साउन ५ मा पहिलो बच्चालाई जन्म दिनुभयो। जन्मेकै दिन शिशुको मृत्यु भयो। शिशुको तौल एक हजार ३०० ग्राम मात्रै थियो। कम तौल भएका कारण नवजात शिशु बाँच्न नसकेको कार्कीगाउँ स्वास्थ्य चौकी
के जन्म दिने बाबुले छोरीलाई बलात्कार गर्न सक्छ ? सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो ।
डडेलधुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी छन्। सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेलधुराबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन्। परीक्षामा ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी छन्।
जेसिज धनगढीले वैशाख १ गते ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। धनगढी जेसिज वर्ष–२०२३ का अध्यक्ष मोहनराज ओझाका अनुसार खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको हो।
अब उप्रान्तलाई प्रतिदिन दिउँसो १ बजेदेखि १–३० बजेसम्म नेपालबाट प्रचार हुने नेपाली ब्रोडकास्टलाई सज्जनहरूले आफ्नो रेडियोमा ३३ देखि ३५ मिटरसम्ममा सुन्नु होला। वि.सं. २००३ माघ १४ गतेको ‘गोरखापत्र’ मा ‘नेपालमा रेडियो प्रचारको सूचना’ शीर्षकमा प्रकाशित माथिको व्यहोराको सूचना नेपालमा रेडियो प्रसारणको इतिहासको दृष्टिले निकै महत्वपूर्ण छ। उक्त सूचना नेपालमा रेडियो प्रसारणको थालनीको उद्घोष पनि हो। यस हिसाबले नेपालमा रेडियो प्रसारणको इतिहासले ७६ वर्ष पार गरिसकेको छ। यति मात्र होइ
नेपालको सङ्घीय राजधानी हो काठमाडौँ। त्यसैले सङ्घीय शासन प्रणाली लागू भएर तीन तहको सरकार बने पनि धेरै कुराका लागि नेपाली जनता सङ्घीय राजधानीमै निर्भर छन्। शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आर्थिक तथा सामाजिक अवसरका लागि देशभरका मानिसलाई काठमाडौँ नगई नहुने अवस्था अहिले पनि छ। स्थानीय र प्रदेश सरकारले प्रदान गर्ने सेवा र सुविधा अपर्याप्त हुँदा देशभरका मानिसलाई काठमाडौँ पुग्नैपर्ने बाध्यता अझै हट्न सकेको छैन। देशभरबाट विभिन्न उद्दे
आज सम्पूर्ण विश्व नै पानीको सङ्कटसँग जुधिरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार जीवनको यो सबैभन्दा अपरिहार्य आवश्यकतालाई पूरा गर्न यदि चाँडै नै उपयुक्त किसिमले भगीरथ प्रयत्न गरिएन भने आउँदो समयमा स्थिति अझ विषम र विकराल हुन जानेछ। मानिसले थोपा थोपा पानीका लागि पनि तड्पिने र पछुताउनुपर्ने स्थिति बन्नेछ। यसको सबैभन्दा प्रमुख कारण सीमित पानी र दिनानुदिन बढ्दो जनसङ्ख्या हो, जसले पानीको सङ्कट बढाउन अहं भूमिका निर्वाह गरेको छ।
महिला सृष्टिको प्रारम्भ हुन्। दया, माया, करुणा, ममता र प्रेमको पवित्र मूर्ति हुन्। कुनै राष्ट्रको परम्परा र संस्कृति त्यस राष्ट्रको महिलासँग नै परिलक्षित हुन्छ। महिला समाजको रचनात्मक शक्ति हुन्। महिला सशक्तीकरण आजको आवश्यकता हो। नेपालमा जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्या महिलाको छ। यसरी आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलाले देश विकासको आधा हिस्सा जिम्मेवारी बोकेको हुन्छ।
काभ्रेपलाञ्चोक जिल्लामा स्मार्ट फोन प्रयोग गर्ने घरपरिवारको सङ्ख्या बढेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेका संस्थागतबाहेकका कुल ९१ हजार ३३० घरपरिवारमध्ये ६९ दशमलव ८ प्रतिशत अर्थात् ६३ त्रिसट्ठी हजार ७८१ घरपरिवारले स्मार्ट फोन प्रयोग गर्ने गरेको पाइएको छ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले महँगो शुल्क लिँदै अस्पताल सञ्चालनमा समेत चरम लापरबाही गर्दै आएको भेटिएको छ। निजी अस्पतालले अस्पतालमा आउने महिला र पुरुष बिरामीका लागि अनिवार्य रूपमा गर्नुपर्ने छुट्टाछुट्टै शौचालयसमेतको व्यवस्था नगरेको पाइएको छ। अस्पतालजन्य फोहोर व्यवस्थापनसमेत नगर्ने गरेको देखिएको छ।
झापाको भारतीय सीमा क्षेत्र तथा दक्षिणका विभिन्न पालिकामा अवैध रूपमा खुलेका आयुर्वेद उपचार केन्द्रहरू बन्द गर्न माग गरिएको छ। भ्रामक प्रचारप्रसार गरेर बिरामीमाथि ठगी गरिरहेको र वैधानिक रूपमा खुलेका आयुर्वेद उपचार केन्द्र धराशायी बनेको भन्दै यस्तो माग गरिएको हो। नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ झापाले जिल्ला प्रशासन कार्यालय झापालाई लिखित रूपमा नै भारतीय आएर अवैध रूपमा आयुर्वेद उपचार केन्द्र सञ्चालन गरेको, दीर्घकालीन रोगहरू चाँडो निको हुने भन्दै विभिन्न औषधि बेच्दै हिँडेको भन्दै यस्तो रोक्न माग
ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३७६ स्थानीय तहमा एकसाथ आधारभूत अस्पतालको शिलान्यास गर्नुभयो। सङ्घ सरकारले स्थानीय आवश्यकता र सुविधालाई प्राथमिकता दिएर सुरु गरेको यो योजनालाई स्थानीय तह (सरकार)हरूले चाहीँ बेवास्ता गरिरहेका छन्। सङ्घीय सरकारले अधिकार र काम दिएन भन्ने गुनासो गर्ने प्रदेश तथा स्थानीय सरकार स्थानीय सामान्य विवाद पनि सुल्झाउन नसेकेर आधारभूत अस्पताल निर्माण गर्न पनि अक्षम देखिएका छन्।
सर्लाहीका अधिकांश स्थानीय तह दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा चलेका छन्। उपसचिवको दरबन्दी भएका यहाँका अधिकांश नगरपालिकामा शाखा अधिकृत र प्राविधिकतर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर पालिका चलाइरहेका छन्। उपसचिवको दरबन्दी रहेका ११ नगरपालिकामध्ये लालबन्दी नगरपालिकामा उपसचिव तारनाथ लुइटेल, ईश्वरपुर नगरपालिकामा उपसचिव हीराकाजी श्रेष्ठ, हरिवन नगरपालिकामा उपसचिव सुरेन्द्र प्रधान, मलङ्गवा नगरपालिकामा उपसचिव गेहनाथ गौतम र हरिपूर्वा नगरपालिकामा उपसचिव वसन्त न्यौपाने मात्रै दरबन्दीअनुसार कार्यरत हुनुहुन्छ।
ताप्लेजुङस्थित शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय जीर्ण बन्दै गएको छ। बजेट अभावका कारण समयमा मर्मत सम्भार गर्न नसक्दा एकाइ कार्यालय भवन जीर्ण बन्दै गएको हो। जीर्ण बन्दै गइरहेको असुरक्षित कार्यालय भवनबाट नै सेवा प्रवाह भने गरिँदै आएको छ। हालसम्म भवन मर्मत गर्ने बजेट व्यवस्थापन नहुँदा दिनदिनै भवन थप जीर्ण बनिरहेको एकाइ प्रमुख योगेश्वर भट्टराईले बताउनुभयो। भट्टराईका अनुसार कार्यालय भवनको रङ गइसकेको छ भने अधिकांश झ्यालका काठ (चौकोस) मक्किएका छन्।