• १२ असोज २०८१, शनिबार

'मेरो भ्वाइस युनिभर्स'को निर्णायकमा गायक दीप श्रेष्ठ

blog

काठमाडौं, चैत १९ गते । ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको दुई रियालिटी शोमध्ये ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ अनुबन्धित हुनुभएको छ । अमेरिकामा सेटलमेन्ट गरिएका भुटानी शरणार्थी समुदायको संस्था इन्ट्रा नेपालले केही वर्षदेखि दुई रियालिटी सो सञ्चालन गर्दै आएको हो । 

इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभालाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को अडिसन गरिरहेको छ । यी दुवै रियालिटी साेको विजेताले १-१ करोड रुपियाँ पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितिमा नेपाल च्याप्टर अध्यक्ष दिलीप रायमाझीले निर्णायक मण्डललाई स्वागत गर्नुभएको हो ।

काठमाडौंमा अहिले ‘मेरो भ्वाइस युनिभर्स’को साइटलेस अडिसन सुरु भएको छ । शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त र सुजाता बर्मा निर्णायकको रूपमा हुनुहुन्छ ।

कार्यक्रमलाई हास्य कलाकार सन्दीप क्षेत्री र रीमा विश्वकर्माले होस्ट गर्ने बताइएको छ ।