शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत १९ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते तीन जिल्लामा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।
राप्रपा पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार तनहुँ –१ का लागि शोभा गुरुङ, चितवन -२ मा जीवलाल पुरी र बारा –२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
राप्रपाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचन हुने तीनै क्षेत्रको उममेदवार टुङ्गो लगाएको जनाएको हो।