• १६ चैत २०८०, शुक्रबार

वैशाख १० गतेदेखि पशुपति क्षेत्रमा सन्त सम्मेलन

blog

काठमाडौं, चैत १८ गते। वैशाख १० गतेदेखि पशुपति मन्दिर क्षेत्रमा सन्त सम्मेलन एवम् विभिन्न धार्मिक कार्य हुने भएको छ। अयुतचण्डी महायज्ञ र मारवाडी सेवा समिति नेपालको आयोजनामा हुन लागेको सम्मेलनमा अयुतचण्डी महायज्ञ, गणपति महायज्ञ, श्रीमद्भागवत कथा र श्रीकृष्ण रासलिलासमेत हुनेछ। 

उक्त अवसरमा नेपालमा प्रथम पटक २५१ ब्राह्मणद्वारा एक सय कुण्डीय विराट धार्मिक सम्मेलन हुन लागेको हो। स्वआत्मनिर्भर नेपाल निर्माण, आर्थिक उन्नति एवम् औद्योगिक क्रान्तिका लागि अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको सानिध्यमा धार्मिक समारोह हुन लागेको हो। 

यो समारोहका लागि फागुन २७ गते यज्ञशाला निर्माणको भूमि पूजनका साथै यज्ञको प्रधान सङ्कल्प र दुर्गासप्तशती पाठ प्रारम्भ भइसकेको छ। यो धार्मिक सम्मेलन वैशाख २४ गतेसम्म चल्नेछ।