दसैँपछिको अर्को पर्व तिहार र छठको तयारीमा स्थानीय बासिन्दा लागेका छन् । तिहार सकिएलगत्तै छठ मनाउन समय कम हुँदा अहिलेदेखि नै छठको तयारी भइरहेको छ । मधेश प्रदेशका जिल्लासहित देशभरि तिहार र छठ मनाइँदै आएका कारण पनि यहाँ पर्वको तयारीमा सक्रियता बढेको हो । धनधान्यकी देवी लक्ष्मी माताको बास सफासुग्घरमा मात्र हुने विश्वासका साथ घरआँगनसहित वरिपरि सरसफाइ, रङरोगन र सजावटलाई प्राथमिकता दिइएकाले मानिसहरूको व्यस्तता बढेको छ । यस प्रदेशमा तिहारलाई दीपावली भन्ने चलन बढी छ । दीपावलीलाई लक्ष्य गरी घर तथा घरवरिपरि सरसफाइ गरेर चिटिक्क पारिएको छ । उद्योगी व्यवसायी आआफ्ना कलकारखाना, पसल सरसफाइमा जुटेको जनकपुरधामका व्यवसायी परमेश्वर साहले बताउनुभयो । तिहारका लागि आवश्यक उपभोग्य वस्तु तथा मनोरञ्जन एवं खुसियाली गर्न पटकाजन्य सामग्री फूलझारी, चिरचिरी, चक्कर, पटका खरिदबिक्री भइरहेको उहाँले बताउनुभयो ।
सिंहदरबार घर घरमा पुगेको अनुभूति दिलाउन स्थानीय सरकारले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा निकै सकारात्मक काम गरिरहेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिकाले अति विपन्न, असहाय तथा पछाडि परेका समुदायका परिवारका लागि आवास निर्माण गरेर हस्तान्तरण गरिरहेका छन् । कालीगण्डकी गाउँपालिकाले पाँच परिवारलाई घर बनाएर हस्तान्तरण गरेको छ भने चापाकोट नगरपालिकाले पनि यस्तै गरेको छ । कोही नभएका र आफ्नो सामान्य घरसमेत आफैँ बनाउन नसक्नेका लागि पालिकाले न्यूनतम शुल्कमै सुविधासम्पन्न घर निर्माण गरिदिने गरेका छन् ।
काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो ।
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले अहिलेसम्म सिफारिस गरेका कर्मचारी यहाँका भन्दा अरू प्रदेशका धेरै छन् ।
तिहार पर्व नजिकिँदै गर्दा झिनियाँ रोटीको कारोबार बढेको छ । तिहारका बेला खाद्यवस्तुका रूपमा प्रयोग हुने झिनियाँ रोटीको कारोबार बढेको यहाँका साना व्यवसायीले बताएका छन् । तिहारलगायतका चाडपर्वमा रोटीका रूपमा झिनियाँ पाहुनालाई दिने प्रचलन छ । तिहारका बेला पाल्पाका व्यापारीले एक लाखदेखि १० लाखसम्मका झिनियाँ बिक्री गर्ने गरेको बताएका छन् । तिहार पर्वमा मुख्य रूपमा प्रयोग हुने झिनियाँ बनाएर साना व्यापारीले बुटवल, भैरहवा, काठमाडौँ र पोखरासम्म निर्यात गर्ने गरेको माथागढी–३, कसेनीका व्यापारी नवलप्रसाद श्रेष्ठले बताउनुभयो । आफूले भदौदेखि नै झिनियाँ बनाउन सुरु गरेको र अहिले सुकेका झिनियाँ बुटवल र भैरहवा निर्यात गरेको उहाँले बताउनुभयो । जिल्लाभित्रबाट भन्दा बाहिरी जिल्लाबाट झिनियाँको माग अत्यधिक भएपछि माग धान्न गाह्रो रहेको श्रेष्ठले सुनाउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताउनुभयो ।
भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।
रुकुमपश्चिमको भूमे गाउँपालिकामा विपन्न विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिनाब्याज शैक्षिक ऋण (कर्जा) लिने विद्यार्थीको सङ्ख्या न्यून रहेको छ । गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका विपन्न विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिनाब्याज शैक्षिक ऋणको व्यवस्था गरेको छ । बिनाब्याज शैक्षिक ऋण लिने विद्यार्थीको सङ्ख्या न्यून रहेको हो । आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको बिनाब्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी, भेटेरिनरी र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई दुई गरी जम्मा छ जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका प्रशासन एकाइका प्रमुख चेतन बुढामगरले बताउनुभयो । गाउँपालिकाले विपन्न विद्यार्थी र उच्च शिक्षा हासिल गर्नेका लागि बिनाब्याजमा शैक्षिक ऋण दिने व्यवस्था भए पनि ऋण लिनेको
मकवानपुरको कैलाश गाउँपालिका जिल्लाको सबैभन्दा विकट गाउँपालिकामध्येको एक हो । स्थानीय तहको दोस्रो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित लोकबहादुर मुक्तान स्थानीय तहको सङ्घ र प्रदेश सरकारले अधिकार कटौती गर्दा सङ्घीयता कमजोर हुने बताउनुहुन्छ । स्थानीय तहको दोस्रो निर्वाचनपछि कैलाश गाउँपालिकाले बनाएका योजना, सुशासन र समस्यालगायतका विषयमा अध्यक्ष मुक्तानसँग गोरखापत्रका राममणि दाहालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती र फिर्केसँग अर्को खोला पनि छः बुलौदीखोला । पोखरा–१८ को धारा पानी जङ्गल, पोखरा–५ को ठूलीपोखरी (खुँडेपोखरी)सहित यो क्षेत्रका विभिन्न मूलबाट आएको पानी पोखरा–५ को मनकामना मन्दिरसम्म आई पुग्दा बुलौदीले खोलाको स्वरूप लिएको छ । फिर्के खोलाको खोलाको बहाव क्षेत्र पहिचान गरी त्यहाँको अतिक्रमण हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–७ ले २० लाख रुपियाँको लगानीमा उज्यालो वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ । उज्यालो वडा कार्यक्रम अन्तर्गत यो वर्ष वडाका महत्वपूर्ण र असुरक्षित स्थानमा सोलर बत्ती जडान गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मठमन्दिर, चौतारो, घाट, बिसाउनी, घुम्ती, दोबाटो, जनावरको आक्रमण हुने स्थानमा २० वटा पोलमा सौर्य बत्ती जडान गरिएको हो । अति आवश्यक देखिएका वडाको तल्लो भाग काउले, उखुबारी मन्दिर, कुप्रीको शिव मन्दिर, माथिल्लो भागको बुद्धपार्क, ढुङ्गेधारो, चरङ्गे घाटलगायतका स्थानमा यो बत्ती जडान गरिएको छ ।
हेटौँडा अस्पतालमा मङ्सिर पहिलो सातादेखि एमआरआई सेवा दिने गरी तयारी गरिएको छ । बागमती प्रदेश सरकारको १४ करोड रुपियाँ लगानीमा मकवानपुरमै पहिलो पटक एमआरआई सेवा दिने गरी अस्पतालमा उपकरण जडान कार्य भइरहेको छ । हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य हीरालाल तामाङका अनुसार कात्तिकभित्रै उपकरण जडान कार्य पूरा गरी मङ्सिर पहिलो सातादेखि एमआरआई सेवा सुरु गरिने छ । एमआरआई सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिसमेत व्यवस्था भइसकेको अस्पतालले जनाएको छ । एमआरआई प्रविधिले शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अङ्गको सूक्ष्म तथा विस्तृत अध्ययन गरी शरीरका अङ्गको भित्री बनावट, रोग लागेका अङ्ग तथा क्यान्सरलगायतका रोग पत्ता लगाउन सहयोग पुग्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो ।
भूकम्पले ग्रामीण बस्तीका स्वास्थ्य चौकीमा क्षति पु¥याएपछि त्रिपाल टाँगेर सेवा प्रवाह गर्न थालिएको छ । भुइँचालोबाट जाजरकोट अस्पतालसहित ग्रामीण बस्तीका स्वास्थ्य चौकीका भवन क्षतिग्रस्त भएका छन् । भुइँचालोले स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि सामान्य तथा जटिल रोगका बिरामी, गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।
आठबिसकोट नगरपालिका–११, चौरका ३४ वर्षीय डिल्लीबहादुर विकले चार वर्षअघि सात लाख खर्च गरेर बनाएको घर भूकम्पले चिरैचिरा बनाइदियो । भारतको कमाई र ऋण सापट गरी बनाएको घर बस्नै नहुने बनाएपछि दाउरा राख्न बनाइएको कटेरोमा बस्दै आएका डिल्लीबहादुरलाई चिन्ता छ, अब घर कसरी बनाउने ? उहाँले भन्नुभयो, “घर बनाएको ऋण तिरेकै छैन, भूकम्पले फेरि ऋण बढायो । अब ऋण तिर्न कालापहाड जानुको विकल्प छैन ।”उहाँका अनुसार, बाहिरबाट हेर्दा घर केही नभएको जस्तो छ । देख्दा चिटिक्क छ तर घरको चारैतिर भूकम्पले चिरा परेको छ । स्थानीय ५२ वर्षीय कोमल खत्रीका छोराले नौ लाख खर्च गरी बनाएको घरको ऋण तिर्न भारततिरै कमाई गर्दै छन् । घर बनाएको ऋण तिरिनसक्दै अर्को घर बनाउनुपर्ने बाध्यता खत्रीलाई आएको छ । उहाँले भन्नुभयो, “घर कसरी बनाउने, ऋण कसरी तिर्ने ? भ
कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानको धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको हो । धनगढीको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको प्रमुख इन्जिला बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको हो । यो वर्ष हामीले गत वर्ष तुलनामा एक महिनाअघिबाटै धान खरिद गरिरहेका छौँ ।”