शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि मन्त्रालयले थप कार्ययोजना बनाइरहेको बताउनुभएको छ ।
ताप्लेजुङमा यस वर्षको तिहारमा फूलको मूल्य महँगिएको छ । सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा लाग्ने शानिबारे हाटमा विगतका वर्षभन्दा यो वर्ष महँगाे मूल्यमा फूलको कारोबार भएको हो ।
तिहार सुरु भएसँगै सयपत्री फूलको मालाकाे बिक्री सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री उल्लेख्य रहेको छ ।
पाल्पाका विभिन्न स्थानमा लगाइएको तोरी फुलेर पहेँलपुर भएका छन् । जिल्लाको विभिन्न स्थानका किसानले लगाएका तोरी यतिबेला फुलेर बारी पहेँलपुर बनेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले तिहारमा पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवम् विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ ।
रुकुमपश्चिमका भूकम्प प्रभावितहरुको लागि भाटभटेनी सुपर मार्केट प्रालिले खाद्यान्न सहयोग गरेको छ । भाटभटेनीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाको सानीभेरी र आठबीसकोट नगरपालिकाका प्रभावितलाई सहयोग गरेको हो ।
अनेकौँ बाधा अड्चन र चुनौतीबीच राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस चालकलाई प्रशिक्षण दिइएको छ । यसले सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षति न्यूनीकरण हुने पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।
तिहार सुरु भएसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो ।
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरूमध्ये ५८ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । समयमै अस्पताल पुर्याउन सकिएको र अस्पतालबाट राम्रो उपचार सेवा पाएकाले उपचारका लागि विभिन्न माध्यमबाट अस्पताल लगिएकामध्ये हालसम्म ४० जना निको भएर घर फर्किएको भेरी अस्पतालले जनाएको छ ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ ।
सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ ।नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार, मङ्गलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा १२ दिनको अवधिमा १७ सयबढी सेवाग्राहीबाट झण्डै तीन करोड बाँकी बक्यौता रकम असुल भएको छ ।