पहिले गाउँघरमै खेती गर्दै आएका कमलामाई नगरपालिका–३, चपौलीका खिलप्रसाद सिग्देल अहिले गाउँकै गतिलो व्यापारीका रूपमा गनिनुहुन्छ । घरमुनिबाट बीपी राजमार्ग जोड्ने सोलाभन्ज्याङ–मझुवा सडक निर्माण भएपछि उहाँको पेसासँगै पहिचान बदलिएको हो । अहिले यो सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ ।
बनेपामा चण्डेश्वरी जात्राको तयारी सुरु भएको छ । आगामी शुक्रबार हुने चण्डेश्वरी जात्राको तयारी गर्ने क्रममा मन्दिर रङरोगन र टोल तथा मन्दिर सरसफाइ गर्ने काम भइरहेको छ । बनेपालीले आस्था, विश्वास र महत्वका साथ मनाउने चाड चण्डेश्वरी जात्राका लागि बनेपामा रहेको चण्डेश्वरी मन्दिर र मन्दिर परिसर धुमधामसाथ हरेक वर्ष बेहुलीझैँ सिँगार्न थालिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपालमा चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने बताउनु भएको छ ।
विदेशी मुद्रा सञ्चितिमाथिको दबाब सहज बन्दै गएको समयमा नेपाल राष्ट्र बैङ्कले अमेरिकी डलर सटहीको सीमा बढाएको छ । बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैङ्कले यस्तो सीमा बढाएको हो । संशोधनअनुसार अब नेपाली नागरिकले मनी एक्सचेन्जमार्फत मासिक पाँच हजार अमेरिकी डलरको सटही सुविधा प्राप्त गर्ने भएका छन् । जुन यसअछि पाँच सय डलर मात्र थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ ।
चीनसँग जोडिएको व्यापारिक हिल्सा नाका दुईतर्फी सञ्चालनमा आएको छ । सोमबारदेखि सो नाका औपचारिक रूपमा सञ्चालनमा आएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका (बीओपी) सशस्त्र प्रहरी निरीक्षक टङ्कप्रसाद सापकोटाले हिल्सा नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूल्य घटेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले घटेको मूल्य पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि निगमले सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर यथावत् राखेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी लडाकुलाई वितरण गर्ने रकम किस्ताबन्दी रूपमा वितरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले देशमा देखिएको आर्थिक समस्याका कारण रकम किस्ताबन्दी रूपमा वितरण गर्न लागिएको स्पष्ट पार्नुभयो ।
सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज मनाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन सत्ता साझेदार दलमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित सरकारमा सहभागी दलहरूसँग रास्वपालाई सरकारमा ल्याउने सम्भावनाबारे छलफल गर्नुहुने भएको हो ।
नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं. ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो ।
नेपाल सरकारले सुडानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा अधिकतम प्रयास गरिरहेको जनाएको छ । पछिल्लो समय सुडानमा उत्पन्न युद्धको अवस्थाले त्यहाँ रहेका नेपाली नागरिकको जीवनमा बढेको असुरक्षालाई ध्यानमा राख्दै सबै तरहको कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएर उद्धारको पहल गरिरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ ।
सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ। २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, ऐतिहासिक तथा महत्वपूर्ण संरचना र राजस्व कार्यालय सुरक्षालगायत विभिन्न १२ वटा जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरीले यसै हप्ता प्रतिआतङ्कवाद एकाइ गठन गरी झापा, बारा, दाङ, बर्दिया र दार्चुलालगायतका जिल्लामा थप २१ वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरेको छ। योसँगै बीओपीको सङ्ख्या २४९ पुगेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको हो।
नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी फरार सूचीमा रहेको जानकारी प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद्लाई पुनः गराएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै प्रहरीले उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि कोइरी फरार रहेको जानकारी पठाएको हो। यसअघि पुस ७ गते पनि प्रहरीले संसद् सचिवालयलाई फरार रहेको अवस्थाबारे जानकारी पठाएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आज पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।