• ६ कात्तिक २०८१, मङ्गलबार

काठमाडौंमा हल्का वर्षा

blog

काठमाडौं उपत्यकामा हल्का वर्षा । तस्बिर : सागर बस्नेत

काठमाडौं, कात्तिक २५ गते । काठमाडौं उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिनुभयो । “उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन”, उहाँले भन्नुभयो, “अबको दुई/तीन घण्टामा वर्षा रोकिएर काठमाडौंको आकास खुल्नेछ ।”

पछिल्लो एक घण्टामा काठमाडौं बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताउनुभयो । मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने उहाँले जानकारी दिनुभयो ।

आज बिहान लुम्बिनी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले उक्त प्रणालीको प्रभावले बदली र वर्षा गराएको महाशााले उल्लेख गरेको छ । रासस