‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) मनाइँदैछ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकामा नेपालमा निजी र सरकारी तवरबाट यो दिवस मनाइँदै आएको छ ।
विश्वमा प्रविधिको विकास तीव्र गतिले हुँदै गएको छ। जनजीवन सजिलो र सुरक्षित बनाउन तथा संसारलाई नै एउटा मोबाइल फोनमा अटाउने गरी स्मार्टफोनमा नयाँ–नयाँ सुविधा र एप्लिकेसन निर्माणसँगै द्रुत गतिको इन्टरनेट सेवा सबैको पहुँचमा हुने गरी काम भएको देखिन्छ। फेसबुक, गुगल, च्याट जीपीटी, टिकटक, अमेजोन, अलिबाबा, पेपललगायतले इन्टरनेटमा नयाँ परिवर्तन ल्यायो भने डिजिटल भुक्तानीलाई पनि सजिलो र सुरक्षित हुने गरी कार्ड भुक्तानी, ई–मनी लगायत
प्रविधिसँग रमाउनेहरूका लागि इन्टरनेट अहिले अत्यावश्यक कुरा जस्तै भइसकेको छ । इन्टरनेट र आधुनिक जीवनशैली एकअर्काका परिपूरक बनेका छन् । घर बाहिर कहीँकतै जाँदा होस् वा सार्वजनिक स्थानमा समय बिताउँदा होस् सबैलाई इन्टरनेट चाहिएको छ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
सूचनाप्रविधि क्षेत्रमा भएको विश्वव्यापी विकास र विस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोग व्यापक हुँदै गएको छ। विश्व च्याट जीपीटी ४ बिटा भर्सन चलाउँदै गर्दा आज नेपालमै बसेका तमाम नेपाली च्याट जीपीटी ३ चलाउन अभ्यस्त भइसकेको अवस्था छ । सूचनाप्रविधि प्रणालीमा प्रयोग गरिने उपकरण, अपरेटिङ सिस्टम, सफ्टवेयर, सूचनाप्रविधि प्रणाली, डाटाबेस, तथ्याङ्क भण्डारणमा संसारभर प्रयोग गरिने अत्याधुनिक प्रविधिको पहुँचमा हामी बराबर वा वरपर रहेका छौँ।
जिल्लाको पलाँता गाउँपालिकामा पाठ्यपुस्तक पुगे पनि विद्यालय भने खुलेका छैनन् । कार्यालय सहयोगीले विद्यालयमा पाठ्यपुस्तक स्टोर गरेर राखेका भए पनि विद्यालय नखुल्दा विद्यार्थीको पढाइ सुरु हुन नसकेको बताइएको छ ।
धनुषाको गोदार चोक र त्यस वरपरका बस्ती साँझ पर्नासाथ घरघरमा बल्ने विद्युतीय बल्बले झिलिमिली देखिन्छ। विद्युतीय पोलमा झुन्डिएको बल्बले बाटो पनि रातभर उज्यालो रहन्छ। २०४५ सालदेखि यहाँका बासिन्दा विद्युतीय बल्बको प्रकाशमा जीवननिर्वाह गर्दै आएका जानकारहरू बताउँछन् तर त्यही गोदारमा रहेको १३५ घरधुरी मुसहर बस्तीका मुसहर समुदाय भने अझै टुकी र लालटेन बालेर जीवनयापन गर्न बाध्य छन्।
सिरहा नगरपालिकाले पदमपुरदेखि माडरसम्म छ किलोमिटर सार्वजनिक जग्गामा बनेको घरटहरा र ठूला भवन खाली गराएको छ। तीन दशकदेखि खाली गराउने प्रयास भए पनि सम्भव हुन सकेको थिएन।
इनरुवा नगरपालिका–४ को हनुमान चोकदेखि सीमावर्ती देवानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गरिएको छ। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी–४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार शिलान्यास गर्नुभएको हो। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट सो सडक निर्माण हुन लागेको हो।
कोशी प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश ल्याएपछि त्यसको असर स्थानीय तहमा परेको भन्दै विराटनगर महानगरपालिकाले असन्तुष्टि जनाएको छ। स्थानीय तहमा लामो समयदेखि कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीले अध्यादेश जारीसँगै राजीनामा दिन थालेपछि प्रदेश सरकारसँग स्थानीय सरकार रुष्ट देखिएको हो।
आदिकालमा धिमाल जातिका युवाले एकापसमा आफ्नो जीवन साथी हेर्न जाने र मन मिले पान, सुपारी, छोकडा दिएर प्रेम प्रस्ताव राख्ने सांस्कृतिक परम्परा बोकेको जात्री पर्व मनाउने शैली आधुनिकतासँगै बदलिएको छ। जात्रीमा अचेल पान सुपारी, छोगडाभन्दा जेरी, मिठाई र परम्परागत चिचिरीभात, गेन्द्रो भन्दा आधुनिक खानाको व्यापार फस्टाउन थालेको छ। पहिलेपहिले धिमाल पुरुष आफ्नो पोसाकमा मेला भर्न आउँथे। अचेल जात्रीमा धिमाल पुरुष आफ्नो पोसाकमा देखिन छोडे। महिलाहरू परम्परागत पेटानीमा सजिएर आउँछन् तर पेटानी लगाउने महिलाको सङ्ख्या पनि घटेको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । युनेस्को विश्व सम्पदामा सूचीकृत रहेको यो क्षेत्रमा पछिल्लो समय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । धार्मिक स्थलका रूपमा समेत प्रसिद्ध मानिने वसन्तपुर दरबार क्षेत्रमा घुमघामसँगै धार्मिक आस्थासँग जोडिएका आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
काभ्रेपलान्चोकको बनेपा नगरपालिका –१३ भैंसेपाटीमा मलामी आएका एक व्यक्तिको बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध भएको छ ।
शुक्रबार प्रदर्शन भएको चलचित्र ‘कैदीको पत्र’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । देशभरका चलचित्र भवनमा चलचित्र हेरेका दर्शकले चलचित्र मन पराएका छन् ।
हरेक नेपाली चलचित्रकर्मीको सपना भारतीय चलचित्र उद्योगमा काम गर्ने हुन्छ । सपना सबैको पूरा भने हुँदैन । यसका लागि मेहनत, धैर्य, ज्ञान र सीप आवश्यक हुन्छ । यस्तै क्षमता प्रयोग गरेर आफ्नो सपना पूरा गरिरहनुभएको छ; धनुषा मिथिला नगरपालिका–१०, लालगढका अञ्जन गजुरेलले ।