ताप्लेजुङवासी यतिबेला टिपताला नाका सञ्चालनको प्रतिक्षामा रहेका छन् । कोरोना भाइस (कोभिड–१९) महामारीपछि बन्द रहेको नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको टिपताला नाका सञ्चालनको प्रतिक्षामा जिल्लाबासी छन् ।
नेपालीको दोस्रो ठूलो चाड उज्यालोको पर्व दिपावली सुरुभएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारमा पटका, भूइँचम्पा, आतसबाजीजस्ता विस्फोटक पदार्थ नपड्काइ मर्यादित रुपले तिहार मनाउन अनुरोध गरेको छ ।
जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ ।
हेटौँडामा अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ । हेटौँडा –७, नागस्वती बस्ने २७ बर्षीय भेषबहादुर खड्काको शुक्रवार मृत्यु भएको हो ।
कैलालीको धनगढीमा पाँच बिघा जमिनमा व्यावसायिक फूल खेती गरिएको छ। चाडपर्वमा हुने प्लाष्टिक मालाको प्रयोग रोक्ने र स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ नगर क्षेत्रको विभिन्न स्थानमा फूल खेती गरिएको हो।
प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले नेपालमा स्थायी सरकार नहुँदा ठूलो समस्या आएको बताउनुभएको छ ।
प्रथम पुतलीबजार उपमेयर रनिङ कप अन्तर बिद्यालय छात्रा लिग क्रिकेटको उपाधि रोशनी आवासिय माविले जितेको छ । नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला क्रिकट टस जितेर पहिला ब्याटिङ रोजेको रोशनीले निर्धारित १० ओभरमा दुई विकेटका क्षतिमा ७८ रन
प्रतिबन्ध लगाएको १७ वर्षमा सबै जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएको छ । सन् २०१० मा दाङ जिल्ला पहिलो पटक डाइक्लोफेनेक मुक्त घोषणा भएको थियो ।
यसअघि असोज ३० गते हिमपात भएको स्थानीय पेमा लामाले जानकारी दिनुभयो। गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उहाँले बताउनुभयो।
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइडराइ पहिरो पार गरेर विद्यालय पुग्नुहुन्छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबर्द्धन गर्ने प्रयासबारे छलफल भएको छ ।
म्यानमारका एक उच्च जनरलका निकट सहयोगीलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ।
क्यानले यस सिरिजका लागि पहिलो पटक इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । क्यानले रुविना क्षेत्रीको स्थानमा बर्मालाई कप्तानको जिम्मेवारी दिएको हो । यस्तै उपकप्तानमा विन्दु रावल हुनुहुन्छ ।
कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालले सामाजिक सुरक्षा र सचेतनाका लागि निर्माण गरेको सन्देशमूलक देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक गरेको छ।