• २७ वैशाख २०८२, शनिबार

अचेत अवस्थाका युवकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, कात्तिक २५ गते । हेटौँडामा अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ । हेटौँडा –७, नागस्वती बस्ने २७ बर्षीय भेषबहादुर खड्काको शुक्रवार मृत्यु भएको हो । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार खड्का घर परिवारसँग छुट्टिएर आफ्नो पुरानो घरमा एक्लै बस्दै आउनुभएको थियो । शुक्रबार साँझ पौने ७ बजे अचेत अवस्थामा उहाँ फेला पर्नुभएको थियो । उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । खड्का लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ खैरहनी लखनटोलमा अटो दुर्घटना हुँदा एक जना गम्भीर घाइते हुनुभएको छ । शुक्रवार राति स्थानीय ३३ बर्षीय लक्ष्मण स्याङ्तान घाइते हुनुभएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार हेटौँडा बजारबाट आफ्नै घरमा गएर अटो पार्किङ गर्ने क्रममा ब्याक गर्न खोज्दा अटो दुर्घटना भएको हो । 

अटो करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।