स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालकाे बदनाम गर्ने काम अस्पताल भित्रकै केही विचौलियाले गरिरहेको बताउनुभएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज (शनिबार) रुकुम पश्चिम पुग्नुभएको छ ।
तिहारको समयमा पनि पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । तोकिएको समयमा नै आयोजना सम्पन्नका लागि सहयोग पुर्याउने उद्देश्यले आयोजनाको पूर्वी र पश्चिम दुवै खण्डमा राजमार्ग विस्तार कार्य धमाधम भइरहेको हो ।
इजिप्ट र कतारी नेताहरूले गाजामा इजरायली सैन्य वृद्धिबारे छलफल गरेका छन् ।
इण्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिणपूर्व एसियाकै सबैभन्दा ठुलो सौर्य प्लान्ट स्थापना ल्याएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गोलिया काट्ने क्रममा रुखले चेपिएर एक युवकको मृत्यु भएको । प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका ३१ वर्षीय सुमन लिम्बूको मृत्यु भएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्युत महसुल नतिरेका एक सय ८३ जना ग्राहकको लाइन काटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।
हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासो गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।
तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु. एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ ।
कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका वडा नं १ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा परिएका एक्साभेटर चालकको १८ घण्टा पछि उद्धार गरिएको छ । एक्स्काभेटर सडक चौडा गरिरहेका बेला माथिबाट आएको सुख्खा पहिरोले एक्स्काभेटरसँगै परिएका चालकको शरीर क्षतविक्षत भएको अवस्थामा उद्धार गरिएको हो ।
पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम ट्रेल अर्थात् मुन्धुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यात्राका क्रममा सबै उमेर समूहका लागि सहज रुट करिब ३१ सय मिटरको उचाइमा रहेको टेम्के डाँडाबाट देखिने मनोरम हिमालय दृश्य अवलोकन, पदमार्गमा निर्माण भएका संरचनाहरू, मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कार संस्कृतिका बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुला विश्वविद्यालयका रूपमा अवस्थित, स्थानीय बालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृश्य, स्थानीय वनस्पति, जैविक विविधता, पशुपन्छीका बारेमा अध्ययन अवलोकन तथा नयाँ पदमार्गका रूपमा विकसित पदमार्गको विशेषताले भरिपूर्ण उक्त क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
भीरबाट लडेर बुबाको मृत्यु भएपछि तीन जना नाबालकको बिचल्ली भएको छ । आमा समेत बिरामी भएर घरमै थलिएपछि १२ वर्षीय सागर नेपाली, नौ वर्षीय महेश नेपाली र चार वर्षीय सुजन नेपाली बिचल्लीमा परेका हो ।
विदेह नगरपालिकास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीले यस वर्ष मधेश प्रदेशमै विद्यार्थी भर्ना अभियानमा पहिलो स्थान ल्याएको छ । देशभरिमा भने यो विद्यालय तेस्रो स्थान ल्याउन सफल भएको छ । गुणस्तरीय शिक्षा, एसइई परीक्षामा नतिजा राम्रो, वर्षभरि एक घन्टी पनि खाली नहुनु, विद्यालयको सामाजिक परीक्षण गराउनु, शिक्षकहरूको समूह उत्कृष्ट हुनु, अडियो एवं भिडियो कक्षा सञ्चालन हुनु, भौतिक पूर्वाधार एवं कक्षाकोठाको राम्रो व्यवस्थापन, खानेपानी, शौचालयलगायत खेल्ने चौरको राम्रो व्यवस्था भएकाले यो विद्यालयमा भर्ना हुनेको सङ्ख्या बढ्दै गएको विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डलले बताउनुभयो ।