सडकको छेउमा शान्तिदेवी तीन–चार दिनदेखि हुक्काहुक्की (हुक्कापाति) बनाउन व्यस्त हुनुहुन्छ । दिनभर खाना नास्ता खाएर हुक्काहुक्की बनाएर बेच्न व्यस्त शान्ति आम्दानीसँगै संस्कृतिलाई जगेर्ना गरिरहनुभएको छ ।
पत्रकार कल्याणकारी कोष स्थापनाका लागि प्रेस चौतारी नेपाल पाल्पा शाखाले देउसी भैलो कार्यक्रम गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक ज्ञापनपत्र बुझाएर सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका छोटी भन्सार पुनः सञ्चालन गर्न माग गरेको छ ।
ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ ।
आँधीखोला गाउँपालिका–६ फापरथुमको आनन्दआश्रम ज्ञान केन्द्र स्याङ्जाले अन्तर मावि कविता प्रतियोगिता तथा साहित्यिक गोष्ठी गरेको छ।
रुकुमपश्चिममा भूकम्प पीडितहरूको राहत वितरणमा आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरको आयोजनामा सामूहिक भाइटीका कार्यक्रम हुन लागेको छ । पोखरा –११, रामघाटमा रहेको गीता मन्दिरमा कात्तिक २९ गते बुधबार भाइटीकाकै दिन कार्यक्रम हुनेछ ।
नेपालगन्जको सबैभन्दा पुरानो बजार एकलैनीमा तिहारको सामान किन्नेको भीड लागेको छ। तिहारको लागि किनमेल गर्नेको घुइँचो लागेपछि स्थानीय व्यवसायी खुसी देखिएका छन्। लक्ष्मी पूजा र भाइटीकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि एकलैनी बजारमा खरिद गर्नेको भीड लागेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउथवेस्टर्न स्टेट कलेजका प्रमुख डा.राजेन्द्र केसीलाई ‘आउट स्ट्याण्डिङ एजुकेसन अवार्ड प्रदान गर्नुभएको छ ।
तिहार फूलको पर्व हो । यो फूलै फूलको मौसम भएकाले चारैतिर फूलको बास्ना हुन्छ। तीमध्ये तिहारका लागि उत्कृष्ट फूल सयपत्री र मखमली हुन् ।
हिमाली जिल्ला हुम्लामा राति नौ बजेपछि तिहारमा देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै देउसी भैलो खेल्ने समय तोकेको हो।
गुल्मीको सदरमुकाम तम्घासको गेष्ट हाउस टोलमा ज्येष्ठ नागरिक पार्कको निर्माण कार्य सुरु गरिएको छ । रेसुङ्गा नगरपालिका १ मा अवस्थित पुरानो सिमलारुख भनिने हालको गेष्टहाउस टोलमा रहेको करिब ४ आनाको सार्वजनिक जग्गामा यहाँका स्थानीयले ज्येष्ठ नागरिक पार्क निर्माण गर्न सुरु गरेका हुन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
पूर्वी नवलपरासीको दलदले बुलिगँटार सडकखण्डको देबचुली नगरपालिकाको गोरेघुम्तीमा आज ११ः१५ बजे भएको बोलेरो जिप दुर्घटनामा परी मृत्युभएका सबै सात शव आफन्तको जिम्मा लगाइएको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोटमा कात्तिक १७ गते गएको भूकम्पपछिको उद्धार, राहत तथा अस्थायी आवास निर्माणका विषयमा कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग आइतबार सुर्खेतको वीरेन्द्रनगरमा छलफल गर्नुभएको छ।