दाङमा २५ बिघाभन्दा बढी जमिनमा फूलखेती गरिएको छ । तिहारमा प्रयोग हुने प्लाष्टिक मालालाई हटाउँदै फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमको खातामा ३१ लाख १४ हजार १४७ रुपियाँ जम्मा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने प्रक्रिया सुरु गरेको बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका –७ मा १५ शैय्या अस्पतालको सिलान्यास गर्नुहुँदै मन्त्री बस्नेतले आज सो कुरा बताउनुभएको हो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका –२ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक घाइते पाटे बाघलाई नियन्त्रणमा लिएर उद्धार गरिएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सम्पन्न बैठकले जाजरकोट केन्द्रविन्दु बनाइ गएको भुकम्पबाट पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
सुरु–सुरुमा वसन्त चौधरीका सिर्जना बजारमा आउँदा कतिपयले यस्तै प्रतिक्रिया दिन्थे रे । उहाँले सुनाउनुभयो, “नेपाली दाजुभाइमा यस्तोसम्म सोच पाएँ । बडो अचम्म लाग्थ्यो । खिन्न हुन्थेँ, बिचलित भइनँ ।
गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
मध्यरात भुकम्प गएपछि घर यताउता हल्लाउन थाल्यो । सुतेकी थिएँ । ओछयानबाट उठन सकिन । छतबाट माटो खसेर मेरो आधा शरीर पुरिसकेको थियो । अर्कोतिर नाति कराएको सुनें ।
भारत सिक्किमको गेजिङ निवासी मिलन गुरुङ आफुले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङवरक गाउँपालिका –२ पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपग्नुभएको छ ।
नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको संख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित खोटाङका जनप्रतिनिधिहरू रोजगारीका लागि विदेश जान थालेका छन् । गाउँठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरू नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरू चिन्ता व्यक्त गरेका छन् ।
अर्जुन चौपारी गाउँपालिका-१ को केटिचौर र वडा २ लामडाँडामा विदेशी कलाकारले लाइभ कन्सर्टमार्फत स्थानीयलाई मनोरञ्जन दिएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना गरिएको छ । किसानद्वारा उत्पादित फूलको सहज बिक्री गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालय परिसर र बोराडाँडीमा रहेको भाटभटेनी सुपरमार्केट परिसरमा फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।
नवलपुरको देबचुुली नगरपालिका ६ को गोरेघुुम्तीमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ ।
बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा शनिबार साँझदेखि तीन दिने दिपावली महोत्सव २०८० सुरु भएको हो ।