• १५ मंसिर २०८१, शनिबार

नवलपुर जिप दुर्घटना अपडेट

गम्भीर घाइतेको पनि मृत्यु, मृतकको सङ्ख्या सात पुग्यो

blog

दुर्घटनामा परेको जिप । तस्विर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, कात्तिक २६ गते । नवलपुरको देवचुली नगरपालिका–८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ ।

बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जिप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की, बुलिङटार गाउँपालिका –४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । अन्य एक जनाको अझै पहिचान खुलेको छैन ।