काठमाडौं, कात्तिक २६ गते । भारतको औद्योगिक उत्पादन वृद्धि सेप्टेम्बरमा ५.८ प्रतिशतमा घटेको छ ।
औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारित भारतको कारखाना गतिविधि वृद्धि अगस्टमा १०.४ प्रतिशतबाट सेप्टेम्बरमा ५.८ प्रतिशतमा झरेको हो ।
खानी, निर्माण र बिजुली क्षेत्रहरुको लागि औद्योगिक उत्पादनको सूचकाङ्क क्रमशः १११.५, १४०.६ र २०५.९ मा रहेको छ । सेप्टेम्बरमा प्राथमिक वस्तुको सूचकाङ्क १३८.८, पुँजीगत वस्तुका लागि १११.६, मध्यवर्ती वस्तुको लागि १५३.८ र पूर्वाधार/निर्माण सामग्रीका लागि १६८.७ छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल