• १५ मंसिर २०८१, शनिबार

समाजबादी मोर्चाको संयोजकमा थापा

blog

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक २५ गते । केन्द्रमा एउटै मोर्चा बनाएर अभियानमा जुटेका चार  पार्टीले स्याङ्जामा पनि समाजबादी मोर्चा स्थापना गरेका छन् । यहाँ नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी, नेकपा (एकीकृत समाजबादी) पार्टी र नेकपाको आठ सदस्यीय समाजबादी मोर्चा बनाइएको हो ।

यहाँ पहिलो पटक माओबादी केन्द्रका लोकेन्द्र थापाको संयोजकत्वमा मिमप्रसाद कोइराला (माओबादी केन्द्र), ईश्वरी पौडेल र श्याम अर्याल (नेकपा), भगत गुरुङ र थर्कमान गुरुङ (जसपा), शंङकरध्वज कार्की र बिष्णुप्रसाद गिरी (एकिकृत समाजबादी) रहनुभएको छ । 

केन्द्रदेखि पालिकासम्म समाजबादी मोर्चा बनाउने दलको निर्णयअनुसारमा पुतलीबजारमा भएको एक कार्यक्रमवीच समाजबादी मोर्चा घोषणा गरिएको हो । तीन–तीन महिनामा नयाँ दलबाट पालो–पालो नेतृत्व बनाउने सहमतिमा माओबादी केन्द्रबाट थापा संयोजक बन्नुभएको हो । 

गणतन्त्र, संधीयतालगायतका उपलब्धी बचाउन समाजबादी मोर्चा गठन गरेको बताउदै माओबादी केन्द्र स्याङ्जाका इन्चार्ज राजकाजी गुरुङले मोर्चा अझै बजबुत बन्ने बताउनुभयो ।