द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै हुनुहुन्छ । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ ।
कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न प्रजातिका आगन्तुक चरा आइपुगेपछि चहलपहल बढेको हो ।
मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो ।
दैनिक हजारौँको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारमा बिदेसिइरहेको अवस्थामा धरानका २९ वर्षीय सरल राई ठेलाबाटै खाजा बेचेर पाँच जनाको परिवार पाल्दै आउनुभएको छ । दुई जनालाई रोजगारी पनि दिनुभएको छ ।
हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।
धनकुटा नगरपालिकाका करिब सय परिवार कृषकले अहिले एलपी ग्यासको विकल्पमा बायो ग्यासको होम सिस्टम प्रयोग गर्दै आएका छन् । गाई भैँसीको गोबर तथा कुहिने फोहोरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज भएकाले किसानले दोहोरो फाइदा देखेर यो प्रविधि रुचाउन थालेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार काठमाडौँमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ ।नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले म्याद गुज्रिएको मदिरा तथा पेय पदार्थ बिक्री गर्ने व्यापारीलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्नुहुँदै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।
नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडित महिलाले अझै पनि न्याय पाउन नसकेको नवलपुरका द्वन्द्वपीडित परिवारले गुनासो गरेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई यो अवसर प्रदान गरेको हो ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता हुनुभएको छ ।
तनहुँ ट्राफिक प्रहरीले चाडपर्वको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधानबाट करिब ५० लाख रुपियाँ जरिवाना असुल गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।