धादिङको गजुरी गाउँपालिकाले शववाहन सेवा सुरु गरेको छ। गजुरी गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्गमा दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शव, पोष्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहनको व्यवस्था गरेको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताउनुभयो।
लक्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फायोटले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका र लक्जम्बर्ग उस्तै लागेको बताउनुभएको छ। शुक्रबार एक कार्यक्रमका लागि बेथानचोक आउनुभएका मन्त्री फायोटले बेथानचोकको आलु खेती, रुख बिरुवा र भौगोलिक स्वरूप देख्दा आफूलाई लक्जम्बर्गमै रहेको आभास भएको बताउनुभएको हो।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गोरखापत्र संस्थान केन्द्रीय समितिले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीलाई सम्मान गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले उत्पादन विभागका निमित्त प्रमुख प्रबन्धक मुकुन्द्रप्रसाद चिमौरिया, वरिष्ठ सहायक सविता बस्नेत तथा वितरक मदन रानालाई सम्मान गर्ने निर्णय गरेको हो ।
आइतबार आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन १९५८ वैशाख २४ गतेको अवसरमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सत्ता साझेदार दलको बैठकले संसद् अधिवेशनको पहिलो दिन नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको हो । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सङ्घीय संसद्लाई प्रभावकारी बनाउनेसम्बन्धी कार्ययोजनामा छलफल भएको बताउनुभयो ।
बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार आयोजित भव्य समारोहबीच सुसम्पन्न भएको छ। वेस्टमिन्सटर एबीमा आयोजित समारोहमा राजा चाल्र्सलाई सेन्ट एड्वर्डज क्राउन नामको राजमुकुट पहि-याएर राज्याभिषेक गरिएको हो।
नारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनापछि मात्र विस्फोट गरिने भएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भन्नुभयो, “पहाड फोर्नका लागि सानो प्वाल खोलेर बारुद राख्नुपर्ने हुन्छ तर अहिले वर्षात् सुरु हुन लागेका कारण सो सम्भव हुँदैन। त्यसैले आगामी कात्तिकपछि मात्र विस्फोटको काम हुनेछ।”
१२३ वर्षअघि आजैको दिन नेपाली समाजमा चेतनाको एउटा दियो बलेको थियो । तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरको पहलमा १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको थियो। अनुदार शासन र पुरातनवादले जकडिएको त्यस्तो असहज परिवेशमा जनतालाई सूचना दिनुपर्छ भन्ने चेतना शासकको दिमागमा जागृत हुनु र राज्यस्तरबाटै पत्रिका प्रकाश
सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।
डोल्पा, वैशाख २३ गते। उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली जलवायु परिवर्तनले स्थानीयमा पारेको असर बुझ्न डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेको छ। सदरमुकाम दुनै हुँदै माथिल्लो भेग फोक्सुण्डो ताल क्षेत्रमा पुगेर टोलीले स्थानीयसँग भेटघाट र छलफल गर्दै त्यहाँको समस्याबारे जानकारी लिएको छ। से फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको छलफलमा बोल्नुहुँदै उपसभामुख रानामगरले जलवाय परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पुर्याएको तर स्थानीयवासीलाई त्यसबारे पर्याप्त जानकारी नभएको बताउनुभयो।उपसभामुख रानामगरले भन्नुभयो, ‘‘यो क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा ठूलो समस्या पारेको छ। प्रकृतिको संरक्षण हुन सकेको छैन। त्यसले पर्यटनलाई प्रभावित बनाएको छ। यसलाई रोक्न सबै मिलिजुली सहकार्य गर्नुपर्छ।’’ कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र नेपालको अदालतले यसबारे विभिन्न निर्णय गरेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रकृतिको पनि आत्मसम्मान हुन्छ। त्यहाँका समुदाय, जातजातिको भावना अनुसार संरक्षित हुने अधिकार हुन्छ। यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ।’’नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक भएको उहाँको भनाइ छ। राष्ट्रिय सभाका सांसद एवं पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको बताउनुभयो। से फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुङ, सोही गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष निमा लामासहितले केन्द्रबाट गएको टोलीले ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनिकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेस गरेको छ। आयोजक साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रुपमा लिएर सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाउनुभएको छ। वातवरणीय न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले शुक्रबार फोक्सुण्डो ताल परिसरमा कार्यक्रम गरेको हो।
तिलोत्तमा नगरपालिकाका शिक्षकलाई एक हप्ते सामाजिक तथा सिर्जनात्मक कला शिक्षण सुरु गरिएको छ । शिक्षक शिविरमा लोकबाजा, लोक गीत तथा चित्रकला सम्बन्धी आधारभूत सीपमा आधारित प्रशिक्षण हुनेछ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले प्राचीन कपिलवस्तुको तिलौराकोटलगायत अन्य पुरातात्विक सम्पदाको संरक्षण नगरेसम्म विकास सम्भव नरहेको बताउनु भएको छ।
हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका –१ टुकुचेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । टुकुचेमा भएको दुर्घटनामा परेर ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
खोटाङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल बराहपोखरीमा निरन्तर पानी घट्न थालेको छ । २०७२ को भुकम्प पश्चात पोखरीमा निरन्तर पानी घट्न थालेको स्थानीयले बताएका छन् । हालसम्म पोखरीको चार भागको तीन भाग पानी घटिसकेको छ ।
आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको काम चलिरहेको छ। कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ। मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो।