मुलुककै जेठो समाचारमुलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको वि.सं. १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ।
सातौँ ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७९’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी( बागलुङ) र महिलातर्फ फुटबलका साबित्रा भण्डारी (लमजुङ) बन्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार छलफलमा सत्ता गठबन्धनका शीर्ष नेतासँगै केही अधिवक्तासमेत सहभागी हुनुहुन्छ।
काठमाडौं, वैशाख २३ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताउनु भएको छ। पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित नहुने बताउनुभयो। रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता औंल्याउनु भयो। उहाँले 'कम्फटेवल मेजरिटी' भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि फरक नपर्ने तर्क गर्नुभयो।अध्यक्ष यादवले भन्नुभयो, ‘‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा परिवर्तन गरेर अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ। दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन।’’ अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको बताउनुभयो। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उहाँको भनाइ छ। अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो। थुप्रिएर रहेको पुँजी उत्पादनमुलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उहाँको भनाइ छ।
भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ ।
गोरखापत्र प्रकाशनको प्रारम्भसँगसँगै सुरुआत भएको नेपाली पत्रकारिता अहिले आधुनिक प्रविधिका साथ अगाडि लम्किएको छ ।
दसैं तिहारको बेलामा गोरखापत्रको एक दुईवटा पाना चोरेर मैले चङ्गा बनाउने गर्थेँ । चङ्गा उडाउने बानी परेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक हजार ६०३ जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो ।
चर्च ब्वाइज युनाईटेड क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा न्यरोड टिम (एनआरटी) लाई ४-१ गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताउनुभएको छ। नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका नाम्सापुराण गुम्बामा मूर्तिको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।
महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइल खुल्दै जाने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अब भ्रष्टाचारका ठूला फाइल खुल्दै जाने बताउनुभएको हो ।
इलाम जिल्लाको पर्यटकीयस्थल श्रीअन्तुमा आन्तरिक तथा बाह्य पर्यटकका लागि निर्माण गरिएको सुन्दर रिसोर्ट ।
नेपाल भलिबल संघले आगामी जुन १८ देखि २५ तारिखसम्म किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको छ ।