जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता हुनुभएको छ ।
तनहुँ ट्राफिक प्रहरीले चाडपर्वको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधानबाट करिब ५० लाख रुपियाँ जरिवाना असुल गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अशान्ति र हिंसाबिरुद्ध सन्देश दिन तथा शान्ति सदाचार र प्राणीजगतको रक्षार्थ प्रार्थना गर्दै नेपाल–भारतका विभिन्न स्थानबाट आएका बौद्व धर्मावलम्बीले पाँचथरको फालेलुङ गाउँपालिका –१ मा अवस्थित आगेजुङ गुम्बामा मौन ब्रत सुरु गरेका छन् ।
सिमकोट गाउँपालिकाले कुपोषण पहिचान कार्यक्रम लागु गरेको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा मङ्गलबार सुनुवाइ भइरहेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने भएको छ ।
जाजरकोट र रुकुमपश्चिम लगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
पोखरा थिएटरमा ‘एक चिहान’ नाटक मञ्चनको तयारीमा छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सोमबार सदरमुकाम पुगेको टोली नलगाड नगरपालिका प्रस्थान गरेको हो ।
हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताउनुभएको छ ।
मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते भएको आगलागीमा परी गम्भीर घाइते भएका ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जनताको सुझाव तथा गुनासो सङ्कलन गर्न क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ ।
जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्नका लागि बढ्दो स्वच्छता अभ्यासहरूका लागि आह्वान गरिएको हो ।