• २८ मंसिर २०८१, शुक्रबार

म्याद गुज्रेका मदिरा बेच्नेलाई दुई लाख जरिवाना

blog

अनुगमनमा प्रहरी टोली ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर ५ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले म्याद गुज्रिएको मदिरा तथा पेय पदार्थ बिक्री गर्ने व्यापारीलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । व्यास नगरपालिका–३ फलफूल लाइनस्थित भानु सप्लार्यसका सञ्चालक श्रीराम खनाललाई जारिवाना तिराएको हो । 

बजार अनुगमनका क्रममा उक्त सप्लार्यसले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेकाले कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । जरिवाना रकम खनालले सोमबार बुझाएको प्रशासनले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी गैरेको नेतृत्वमा गएको टोलीले शनिबार उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा करिब ६ महिना म्याद गुज्रिएका सात कार्टुन बियर एवं पेयपदार्थ फेला परेको थियो ।