मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङमा उद्धार गरिएको हिमाली कालो भालुको बच्चालाई छोडिएको छ ।
पर्वतको जलजला गाउँपालिका–९, बनौको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । विगतका वर्षहरुमा फागुन अन्तिम सातामा फुल्ने लालीगुँरास तापक्रम वृद्धी भएसँगै माघमै फुल्न थालेका छन् ।
सागर ग्रुपद्वारा आयोजित र एक्स ल्याबद्वारा प्रवर्धित ‘बलेयो एक्स्पेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट’ (चौथो संस्करण) काठमाडौंमा सुरुभएको छ । माघ २२ गतेदेखि सुरु भएको यो ६ दिवसीय कार्यक्रम माघ २७ गतेसम्म जारी रहनेछ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाका स्थानीयले गाउँमा आउने उम्मेदवारसँग सिँचाइ सुविधाको माग गर्दै आएका छन् ।
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारले मतदातासमक्ष प्रतिबद्धता व्यक्त गर्न थालेका छन् ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदाताको विवरण सङ्कलन गरेर शनिबार अन्तिम नामावली प्रकाशित गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले कञ्चनपुरमा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार तीन हजार ३०९ जना
नेपाली कांग्रेसको तेस्रो पुस्ताका नेता खड्गबहादुर बुढा दोस्रो पुस्ताका नेतासँग चुनावी मैदानमा उत्रिनुभएको छ । दोस्रो पुस्ताका मानिने नेकपाका नेता शक्तिबहादुर बस्नेत र नेकपा (एमाले) का डम्बरबहादुर सिंहसँग बुढा चुनावी मैदानमा उत्रिनुभएको हो ।
कालीकोटमा राजनीतिक दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । यसपालिको प्रचार शैली फरक छ । यस पटक कालीकोटमा चुनावभन्दा अलिअघि नै प्रचार सुरु भएको छ । नेकपा (एमाले) का उम्मेदवार नगिन्द्र शाही नेसनलको चुनावी प्रचारसँगै नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बम र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाहीको प्रचार शैलीबाट एक दलले तयार पारेको जनमत अर्कोले आफ्नो पक्षमा पार्ने प्रयास गरेको देखिन्छ ।
जुम्लामा माटोको ढिस्कोले पुरिएर आमाको मृत्यु भएपछि पाँच बालबालिका समस्यामा परेका छन् । आमाको अप्रत्याशित दुर्घटनामा मृत्यु भएपछि ती बालबालिका अभिभावकको अभावमा कठिनाइमा परेका हुन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका क्रममा विभिन्न पार्टीका उम्मेदवार घरदैलो अभियानमा जुटे पनि तिनले घोषणापत्र नबनाइसकेको हुँदा घोषणापत्रमा दलित र महिलाका मुद्दा समावेश गर्न माग गरिएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाको दुर्गम मानिने वडा नं. १० लाई सडक सञ्जालमा जोड्न पाँच नाकाबाट सडक निर्माण गरिएको छ । रोल्पा र रुकुमपूर्वसँग जोडिएको यस वडाको पाँच नाकाबाट र वडाभित्र चार वटा सडक निर्माण गरिएको हो । वडाभित्रका बस्ती जोड्न चार वटा र बाहिरबाट वडा प्रवेश गर्न पाँच वटा सडकको ट्र्याक खोलिएको वडाध्य
सर्लाहीका किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका खोप फोकल पर्सन सुशील झाका अनुसार जिल्लाभर २० वटै पालिकामा कक्षा ६ मा अध्ययनरत् किशोरीलाई क्यान्सरविरुद्धको खोप आइतबारबाट लगाउन सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले निर्वाचनलक्षित घटना न्यूनीकरण अभ्यास सुरु गरेको छ । गुलरिया नगरपालिका–४ स्थित कभर्ड हलको खेल मैदानमा निर्वाचनलक्षित हुन सक्ने घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर घटना न्यूनीकरण अभ्यास सुरु गरेको छ ।
राजविराजमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत सप्तरीले लगातार दोस्रो जित हात पारेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका दल र उम्मेदवारले चुनावी गतिविधि तीव्र पार्दै गएका छन् । सो क्रममा जिल्लाको क्षेत्र नम्बर ३ मा पनि चुनावी गतिविधि र चर्चा परिचर्चा बढ्दै गएको छ । सो क्षेत्रमा यस पटक सबै उम्मेदवार नयाँ रहेका छन् । सोही कारणले यस पटक नयाँ उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।