राजविराजमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत सप्तरीले लगातार दोस्रो जित हात पारेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका दल र उम्मेदवारले चुनावी गतिविधि तीव्र पार्दै गएका छन् । सो क्रममा जिल्लाको क्षेत्र नम्बर ३ मा पनि चुनावी गतिविधि र चर्चा परिचर्चा बढ्दै गएको छ । सो क्षेत्रमा यस पटक सबै उम्मेदवार नयाँ रहेका छन् । सोही कारणले यस पटक नयाँ उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पोखराका सार्वजनिक ठाउँ र चोक चोकमा फोहोर फाल्न निषेध गरिएको सूचना देख्न सकिन्छ तर त्यही सूचनामुन्तिर फोहोरका थ्रुपा यत्रतत्र देखिन्छन् । पुस अन्तिम साताबाट फोहोर नउठेपछि पोखराका सडक, चोक र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापन नहुँदा एकातिर सडक दुर्गन्धित हुन थालेको छ भने अर्कातिर पर्यटकीय नगरका बासिन्दा र पर्यटकसमेत दिक्क छन् ।
सप्तरीको बलानबिहुल गाउँपालिकाबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लमजुङमा स्वयंसेवकसहित एक हजार ७५० कर्मचारी खटाइने भएको छ । एउटा निर्वाचन क्षेत्र भएको लमजुङमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी करिब एक हजार ७५० कर्मचारी खटाइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् ।
उक्त सडकखण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द हुने भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी लमजुङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका ७५ वटै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दाङमामा पहिलो दिन सत्र सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।
झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पोनेन्ट सेन्ट्रीफ्युज) सञ्चालनमा आएको छ । उक्त उपकरण विगत तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको थियो ।
तनहुँ जिल्ला देवघाट गाउँपालिका–५ निवासी ६४ वर्षीय लक्ष्मीकुमारी आलेलाई नजिकँदै गरेको आगामी फागुन २१ गते हुने आमनिर्वाचनले छोएको छैन । झन्डै साढे छ दशकअघि देश र प्रजातन्त्रका