प्रेमध्वज प्रधान फाउन्डेसनले प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ ।
दसैँको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’ यतिबेला प्रचारप्रसारमा जोडतोडले लागिपरेको छ । चलचित्रका निर्देशक एवं कलाकारहरू प्रचारप्रसारकै क्रममा भक्तजनमाझ प्रस्तुत हुनुभएको छ । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गर्नुभएको हो ।
इन्डियन आइडल सिजन–१४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जित्नुभएको छ । अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उहाँले गाउनुभएको थियो । उहाँ टप १५ मा छानिनुभएको छ । मेनुकाले गीत गाउँदै गर्दा निर्णायक तथा गायिका श्रेया घोसालको आँखाबाट आँसु झरेको थियो । उहाँको प्रस्तुति सकिएपछि केहीबेरसम्म निर्णयकहरू अकमक्क पर्नुभएको थियो । त्यसपछि सबै निर्णायक श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर पौडेललाई बधाई दिनुभएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
कृषि तथा पशुपन्छी विकास मन्त्रालय गहुँ तथा नगदेबालीका लागि मल व्यवस्थापनमा लागिसकेको छ । यस पटक धान रोपाइँको सिजनमा मल अभाव हुन नदिएको मन्त्रालयले गहुँ तथा नगदेबालीमा पनि अभाव हुन नदिने गरी तयारी थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले बताउनुभयो ।
हमासको आक्रमणपछि अमेरिकाले इजरायलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताउनुभएको छ । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।
सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले बजारमा माग र आपूर्तिको अवस्था बुझेर योजनाबद्ध रूपमा बजार अनुगमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “बजारमा कुन वस्तुको माग कति हो, त्यसको मूल्य र आपूर्ति सहज भए वा नभएको सबै बुझेर बजार अनुगमन गर्न सक्नु पर्छ । अनि मात्रै उपभोक्ताले बजार अनुगमनको महसुस गर्न सक्छन्, त्यस कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकासमेत समन्वय गरेर अनुगमन गर्नु पर्छ ।”
दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ‘ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स)’ ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक विपत्तिमा हुने जोखिम न्यूनीकरणका लागि स्वास्थ्य आपत्कालीन पूर्वतयारी हुनुपर्ने बताउनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा काठमाडौँमा आइतबारदेखि सुरु भएको स्वास्थ्य आपत्कालीन तयारी बलियो बनाउन स्वास्थ्यसँग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलसम्बन्धी दुईदिने कार्यशालामा मन्त्री बस्नेतले जोखिम न्यूनीकरणमा पूर्वतयारी हुनुपर्ने बताउनुभयो । नेपाल प्राकृतिक प्रकोपको सधैँ जोखिममा रहेकाले यसबाट हुने धनजनको क्षति कम गर्न समयमा घाइतेको स्वास्थ्योपचार गर्न स्वास्थ्यका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज र दातृनिकायको पनि उत्तिकै भूमिका हुनेमा मन्त्री बस्नेतले जोड दिनुभयो।
नेपाल विद्यार्थी सङ्घले विद्यालय शिक्षा विधेयक–२०८० विद्यार्थी केन्द्रित नभएर शिक्षक केन्द्रित रहेको जनाएको छ । सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत नेविसङ्घले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा व्यवस्था भएका प्रावधान विद्यार्थी केन्द्रित नभएको धारणा अघि सारेको छ ।
इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ ।
विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको छ । शुक्रबार भएको दफाबार छलफलमा उठेका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले जवाफ दिनुभएसँगै सदनले विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको हो । विधेयकमा अब सांसदहरूले संशोधनको समय पाउने छन् । प्रतिनिधि सभा नियमावली व्यवस्था अनुसार ७२ घण्टासम्म सदस्यलाई संशोधन दर्ताको समय हुने छ ।