• २१ वैशाख २०८१, शुक्रबार

छ सय इजरायली र ३७० प्यालेस्टिनीको मृत्यु

blog

एजेन्सी

काठमाडौँ, असोज २२ गते । इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ । 

शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले इजरायली सहरहरूमा पाँच हजार वटा रकेट प्रहार गर्दै स्थल आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण सुरु गरेको हो । आइतबार इजरायलले प्यालेस्टिनी क्षेत्रमा हवाई आक्रमण गर्दा ३७० जना प्यालेस्टिनी मारिनुका साथै दुई हजारभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । इजरायल सरकारले प्यालेस्टाइनविरुद्ध औपचारिक रूपमा युद्ध सुरु भएको घोषणा गर्दै हमासले अकल्पनीय मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।