सर्लाहीको ग्रामीण भेगका कालोपत्रे सडकमा जथाभावी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ।
सडक भासिएको पृथ्वी राजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहरो काटेर सडक फराकिलो पार्ने काम धमाधम भइरहेको छ।
लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पूर्मति ढेंगा मगरले विद्युतीय सवारी साधन अबको भविष्य भएको बताउनुभएको छ ।
बुधबार परेको वर्षाका कारण जलमग्न बनेको राजधानीको पुतली सडक न्यू प्लाजा क्षेत्र ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला परेको छ ।
बारीमा काम गर्ने क्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवी विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् ।
नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।
नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् ।
जयकृष्ण यादव/इनरुवा इनरुवा, जेठ २८ गते । जिल्ला समन्वय समिति (जिसस) सुनसरीको निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । जेठ ३० गते हुने जिसस सुनसरीको निवार्चनमा गठबन्धनको पूरै प्यानल र नेकाप एमालेका तीनजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसहितको प्यानलका उम्मेदवारहरुमा जिसस प्रमुखमा राजन मेहता, उपप्रमुखमा कमला दाहाल, महिला सदस्यमा शेषकुमारी घिमिरे, लालकुमारी चौधरी, कलावति माझी, दलित सदस्यमा कुमारी विश्वकर्मा, खुल्ला सदस्यमा टंकप्रसाद गुरुङ्ग, सलिम मियाँ र भूपेन्द्र उरावले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी, नेकपा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखमा जगनारायण मेहता, उपप्रमुखमा सबिना सिग्देल र दलित महिला सदस्यमा श्रृजना विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिससमा प्रमुख र उपप्रमुख तथा दलित महिला सदस्यमा दुई जनाको उम्मेदवारी दर्ता भएकाले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान गर्ने भएको छ । जिल्लामा गठबन्धनसँग स्पष्ट बहुमत छ । नेपाली कांग्रेसका १३, नेकपा(माओवादी केन्द्र)का एक तथा समाजवादी पार्टीको एक गरी १५ मत छ भने एमालेसँग आठ र स्वतन्त्रको एक मत छ ।
काठमाडौं, जेठ २८ गते । फिल्म ‘काँडेतार’को टिजर रिलिज भएको छ । नवल खड्काको निर्देशन रहेको फिल्मको टिजर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गर्नुभएको हो । फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय छ ।मणि थापा र दीपक शर्माको सङ्गीत रहेको ‘काँडेतार’को छायाङ्कन सौरभ लामाले गर्नुभएको हो । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको छ । यस्तै, फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।
काठमाडौं, जेठ २८ गते । गायक धर्मेन्द्र सेवानको नयाँ गीत ‘एैयो रैयो सैयो’ सार्वजनिक भएको छ । भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ । रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिनुभएको छ । भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पवन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ ।सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोमा सञ्जित श्रेष्ठको छायाँकन रहेको छ । भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गर्नुभएको हो ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा एघार वटा झोलुङ्गे पुल निर्माण गरेको छ । गाउँपालिकाले नागरिकको आवश्यकताअनुसार झोलुङ्गे पुल निर्माण गरेको हो ।
राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा लामो समयदेखि बन्द अवस्थामा रहेको सिँचाइ नहर मर्मत गरी पानी सञ्चालनमा ल्याइएको छ । नहर बन्द हुँदा किसानलाई समस्या भएपछि नेपाली कांग्रेसमा आवद्ध युवाले श्रमदान गरेर आफ्नै खर्चमा नहरको मर्मत सम्भार गरी नहरमा पानी सञ्चालन गरेका हुन् ।
काठमाडौं, जेठ २८ गते । फिल्म 'पानीफोटो'को डायनामिक मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरसँगै यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले सन्देश समेत दिनुभएको हो ।निर्देशक लामिछानेले बलिउडमा चलेको सोही चलनलाई पछ्याउँदै फिल्मको सम्पूर्ण जानकारी दर्शकसँग बाँड्नुभएको छ । आफूसहित अनुप बराल, मेनुका प्रधान र मलिका महतको लुक्स सार्वजनिक गर्दै उहाँले सपनाको जवाफ नहुने बताउनुभयो ।फिल्ममा माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा समेटिएको छ । ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिनुभएको हो । फिल्ममा खगेन्द्रबाहेक अनुप बराल, मेनुका प्रधान र मालिका महत प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्यामकुमार खड्का जस्ता चर्चित कलाकारहरुको अभिनय छ ।दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म भदौ १० मा प्रदर्शन हुने घोषणा गरेको फिल्म दुई हप्ता प्रिपोन्ड हुँदै साउन १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।‘पशुपति प्रसाद’ र ‘धनपती’ जस्ता नेपाली मौलिक स्वादका फिल्मको निर्माण गरेको टुकी आर्टस् प्रा.लिले मञ्जुश्री फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको हो । फिल्मको निर्माता रोजिना सिटौला र रबिन्द्र बज्राचार्य हुन् ।
दक्षिणी हुम्लाको चंखेली गाउँपालिका–४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एक्कासी लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।