कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं ६ मा स्थानीय निर्वाचन २०७४ मा गोली चल्यो । निर्वाचन बहिस्कार गर्ने नेकपा समूह र सरकारी पक्ष बिचको दोहोरो गोली हानाहानमा माल्कोटका दानबहादुर बटालालाई गोली लाग्यो र घाइते हुनुभयो ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर, आठ बँदेल र चार झारलको सिकार गर्न अनुमति दिएको हो । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्रराज कँडेलले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताउनुभयो । उहाँका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्ने अनुमति पाइसकेको कँडेलले जानकारी दिनुभयो ।
गायक पदम राईलाई ‘के गुलियो छ र सखर चिनी’, ‘पछि पछि लागेर’ बोलको गीत र भिडियोले चर्चाको शिखरमा पुर्याएको छ । विगतमा पनि उहाँका दर्जनौँ गीत श्रोतामाझ पुगिसकेका छन् । ‘जागिर खान्छु सरकारी अड्डामा’ बोलको गीतले उहाँलाई थप चर्चित बनायो । हालै बजारमा आएको ‘बाटो घुमाउरो’ बोलको भिडियो दर्शकको रुचिको बनेपछि गायक पदम राई स्थानीयस्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा रहेका नेपालीमाझसमेत लोकप्रियता हासिल गर्न थाल्नुभएको छ ।
गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ ।
झापा जिल्लाको सानो क्षेत्रफलमा रहेको कनकाई नगरपालिका ७९.१ वर्ग किलोमिटरमा फैलिएको छ । धार्मिक एवं ऐतिहासिक स्थल कनकाईको नामबाट बनेको यस कनकाई नगरपालिका तत्कालीन सुरुङ्गा र घै
दसैँ तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न भीड लागेका छन् । व्यवसायीहरूले यात्रुको सहजताका लागि आज(सोमबार) देखि अग्रिम रूपमा लामो दुरीमा चल्ने बसको टिकट खुल्ला गरेसँगै यात्रुहरू टिकट काट्नका लागि भीड लागेको पाइएको छ ।
रास्कोट अस्पताल आउजाउ हुने सडक भत्केको वर्षौं बित्दा पनि मर्मत हुन सकेको छैन। सडक मर्मत नहुँदा बिरामी तथा सेवाग्राहीलाई आउजाउ गर्न समस्या भएको छ । गत वर्ष असोजमा परेको अविरल वर्षाले रास्कोट नगरपालिका–२ देखि रास्कोट अस्पताल जोड्ने सडकका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याएको थियो ।
वीरगन्जलाई हराभरा बनाउने उद्देश्यका साथ ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले अभियानका रूपमा वृक्षरोपण कार्यलाई अगाडि बढाएपछि मुख्य व्यावसायिक तथा वित्तीय केन्द्रका रूपमा स्थापित आदर्शनगर हरियाली सहरका रूपमा विकसित भएको छ ।
इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरू सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाको समस्या सल्ट्याउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुस्ती भएका सडक, पुल, झोलुङ्गे पुल र भवनसम्बन्धी योजनाको समस्या पहिचान गरी गति दिन पहल सुरु गरेको हो । मन्त्रालयका सचिव शङ्करराज पण्डितले समस्याग्रस्त योजनाको स्थलगत निरीक्षणका साथै प्राविधिक, निर्माण व्यवसायी, जनप्रतिनिधि, सुरक्षा अधिकारी र समुदायसँग छलफल गरेर निर्माणलाई गति दिन पहल गरिएको जानकारी दिनुभयो ।
पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद आचार्यको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन ।
दसैँतिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको कारोबार सुरु भएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा शनिबार लाग्ने हाटबजारमा चाडपर्वलक्षित खसीबोकाको कारोबार सुरु भएको हो ।
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।
सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो ।
कर्णाली राजमार्ग र रत्न राजमार्ग आवधिक मर्मत गरिने भएको छ। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले दुवै राजमार्गमा गरी करिब ४० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने भएको हो । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैङ्कको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत गर्न लागिएको छ ।