चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले समिफाइनलमा भिड्दै छन् ।
नेपालमा कृषि गणना र औद्योगिक गणना जस्तै छुट्टै भाषिक गणना भएको छैन । राष्ट्रिय जनगणनाका क्रममा सीमित प्रश्नावलीका आधारमा लिइएका भाषिक तथ्याङ्कलाई सरकारी सिफारिस, पठन–पाठन र अध्ययन–अनुसन्धानमा प्रयोग गरिँदै आइएको छ । भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि भाषाको सिफारिस गर्दा २०६८ सालको जनगणनाले दिएको भाषिक तथ्याङ्कलाई पूर्णतः आधार मान्दाखेरी गण्डकी प्रदेशका लागि भोजपुरी भाषा पनि सिफारिसमा परेको छ । यो सरासर गलत थियो । गण्डकी भोजपुरी भाषीको बाहुल्यता भएको प्रदेश होइन । आयोगले सिफारिसमा पुनरवलोकन गर्नुपर्ने देखिएको छ । यस्तै समस्या अरू प्रदेशमा पनि छन् । २०६८ सालको भाषिक तथ्याङ्कमा थुप्रै त्रुटि थिए । धेरै भाषामा मातृभाषाको रूपमा नबोल्ने तर पुर्खाको भाषाको रूपमा रहेको
समाजका चौतर्फी विकास निर्माणमा गरुत्तर दायित्व हुन्छ शिक्षकको । उनीहरूको काँधमाथि नै विश्वको उन्नत भविष्य निर्माण गर्ने जिम्मेवारी रहेको हुन्छ । यसै कुरालाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घको महìवपूर्ण विश्व एकाइ संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व शिक्षक दिवस मनाउने आरम्भ ५ अक्टोबर १९९५ बाट गरेको हो । यसको उद्देश्य विश्वभरिका शिक्षकद्वारा विश्वका झन्डै दुई अर्ब पच्चास करोड बाल बच्चाहरूको जीवनको आधार निर्माण गर्ने महìवपूर्ण योगदानमाथि विचार विमर्श गर्नु रहेको छ । विश्वका कतिपय देश प्राचीन समयमा पनि शिक्षाका ठुला केन्द्रहरू बनेका थिए । तिनले विश्वलाई सही दिशाबोध पनि गराएको हामी पाउँछौँ ।
सरकारले शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता गराएपछि देशभरिका शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रिए । सामाजिक सञ्जालमा माइतीघरमा शिक्षकको आन्दोलन भिडभाड र एयरपोर्टमा युवाको भिडभाडको संयुक्त तस्बिरका बारे गम्भीर विमर्शमा आयो । नेपाली समाजमा शिक्षा क्षेत्र र शिक्षकको समस्या साथै गरिबी र बेरोजगारीको विषमता सन्दर्भमा ती प्रतिनिधिमूलक तस्बिरले निकै भयावह परिस्थिति चित्रण गरेका छन् । नेपालको पछिल्लो राजनीतिमा एउटा यस्तो सङ्कटपूर्ण निराशावा
कुनै पनि मुलुकको आर्थिक–सामाजिक विकासका लागि नभई नहुने ऊर्जा हो । ऊर्जाको विकास समग्र विकासको आधार पनि हो । नेपालमा अधिकांश जलविद्युत् आयोजना विकट क्षेत्रमा बन्ने हुँदा यसले दुर्गम क्षेत्रको सामाजिक र आर्थिक विकास सँगसँगै सडक, पुल, स्वास्थ्य, शिक्षा, पर्यटनको विकासमा पनि टेवा पु¥याउने गरेको छ । त्यसैले मुलुकको मुहारमा नयाँ आयाम ल्याउन विदेशी सहयोग र स्वदेशी मानव संसाधनको प्रयोग गर्दै दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना बनाउनु आजको अपरिहार्य आवश्यकता देखिएको छ ।
सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।
आर्थिक मन्दीका कारण सहकारी क्षेत्र प्रभावित बनिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुई सहकारीबिच एकीकरण (मर्जर) सम्झौता भएको छ । जिल्लाको पनौती नगरपालिका–४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा–७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाबिच बुधबार मर्जर सम्झौता भएको हो ।
बाजुराको मार्तडी–कोल्टी सडक मर्मत भएसँगै जिल्लाको मल्लो क्षेत्रमा उत्पादन गरिएको अर्गानिक स्याउ बिक्रीका लागि ढुवानीमा अनुदानको व्यवस्था गरिएको छ । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रीका लागि जिल्लाभन्दा बाहिर लाने गरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था गरेका हुन् । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउले नजिक बजार नपाएपछि बाहिर लैजाने तयारी गरिएको स्याउ किसानले बताएका छन् । पछिल्लो समय बारीमा स्याउ राम्रो फल्ने गरेको भए पनि बिक्रीका लागि भने निकै समस्या हुने गरेको स्वामिकार्तिक–१, जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
भारतकी प्रतिष्ठित कत्थक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्के नृत्य काठमाडौँमा प्रस्तुत गरिएको छ । उहाँको नेतृत्वमा तीन कलाकारको नृत्य प्रस्तुत गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘कत्थक नृत्य प्रस्तुति कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले गर्नुभएको थियो ।
सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् । बितेको मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।
मधेशका जिल्लामा सन्तति स्नेह एवं उत्सर्गको पवित्र पर्व जितिया सुरु भएको छ । मधेशका आमाहरूले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी निराहार रहेर यो पर्व मनाउने परम्परा छ । व्रतालु महिलाले बिहीबार सूर्योदयपूर्व दिवङ्गत पितृको स्मरण एवं आराधना गरी घिरौँलाको पातमा चढाएको दही–चिउरा, फलफूललगायतका प्रसाद सपरिवार ग्रहण गरेपछि जितिया सुरु हुन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ ।