तीन महिनादेखि बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी खुला गरिएको छ । निकुञ्जभित्रको बाटो मर्मत गरेपछि पूर्वी क्षेत्रबाट जिप सफारी खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पु
झन्डै चार वर्षदेखि बन्द चीनसँग जोडिएका उत्तरी गोरखाको रोइला र ङुइला दुवै नाका खुला भएसँगै गोरखाका उत्तरी क्षेत्रका बासिन्दा खुसी भएका छन्। सीमा प्रवेशका लागि चुमनुब्रीवासीलाई बोर्डर पास वितरण सुरु भएसँगै दैनिक उपभोग्य सामग्री ल्याउन सहज भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबारदेखि चुमनुब्री गाउँपालिका–३, सिर्दिवासस्थित फिलिममा रहेको इलाका प्रशासन कार्यालयबाट बोर्डर पास वितरण गर्न सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसँगै गोरखाको उत्तरी नाकाबाट सहजै रूपमा सामान आहोरदोहोर गर्न सहज भएको जानकारी दिनुभयो।
पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले, धौवादी, बुलिङटार ग्रामीण सडक वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ। बर्सात नरोकिएकाले सडक खुलाउन केही समय लाग्ने जनाइएको छ।
दोलखाको भीमेश्वर नगरपालिका–७ र ८ को सिमानामा रहेको चर्नावती खोलामा ३३ लाख रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको सो स्थानमा सङ्घीय सरकार तथा नगरपालिकाको सहकार्यमा यो पुल निर्माण भएको हो । पुल निर्माणको काम उपभोक्ता समितिमार्फत र फलामका लट्ठालगायतका सामग्री व्यवस्थापन ठेक्कामार्फत गरिएको हो ।
अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किन थालेको छ । स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्न मङ्गलबार दिउँसो १ बजेबाट लगाएको कफ्र्यु बिहीबार बिहानबाट दिनभरिका लागि हटाएपछि नगरको अवस्था फेरि पुरानै लयमा फर्किंदै गएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार बिहान एक सूचना जारी गरेर बिहीबार बिहान ८ बजेबाट सोही दिन राति ८ बजेसम्म १२ घण्टाका लागि कफ्र्यु हटाएको जानकारी गराएको थियो । बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यु यथावत् रहने पनि सूचनामा जनाइएको छ ।
विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरिया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाइमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरि नाम चलेकोमा पर्छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पूर्वी क्षेत्रमा सडक स्तरोन्नतिको कामले गति लिएको छ। धुलियाबिट–भेडाबारी सडकखण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ। राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडक निर्माणको काम भइरहेको हो। सडक कालोपत्रेको काम धमाधम अघि बढाइएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ। तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ। बाँकी बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सकिएको छ।
साबिकको सिसवा कटैया, बथनाहा, साँढा, सरपल्लो, मनरा, इटहर्वाकट्टी र सोनौलसमेत गरी सात वटा गाउँ विकास समिति मिलाएर मनरासिस्वा नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडा छन् ।
आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो । समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ ।
औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पु¥याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ मा धान र उखु नष्ट भएको थियो ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।
बाजुराका अधिकांश स्थानीयवासी भूकम्प आउने डरले घर छोडेर धमाधम त्रिपालमुनि बास बस्न बाध्य भएका छन् । मङ्गलबार बझाङमा गएको भूकम्पले बाजुरामा पनि क्षति पुगेको छ । भूकम्पले घर चर्किने र भत्केपछि अहिले यहाँका स्थानीय घर भत्कने डरले त्रिपालमुनिको बास बस्न थालेका छन् । खप्तड छेडेदह गाउँपालिका–२, पिपल गाउँका स्थानीय पदम बुढाले भूकम्पको डरले त्रिपालमुनिको बास बस्न थालेको बताउनुभयो ।
मुख्यमन्त्री कमलबहादुर शाह भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न बझाङ आइपुग्नुभएको छ । उहाँले केदारस्यु गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँग राहत तथा पुनस्र्थापनाका विषयमा छलफल गर्नुभएको छ । त्यस्तै थलारा गाउँपालिका–३, कुच गाउँका भूकम्प प्रभावितहरूको अवस्था तथा भूकम्पले भत्किएका घरको स्थलगत अवलोकन गर्नुभएको छ । भूकम्प प्रभावित स्थानीयलाई कम्मल, त्रिपाल र खाद्यलगायतका सामग्री तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो ।
नेपालगन्जको अवस्था शान्तिपूर्ण रहेपछि शुक्रवार पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।
नेपाल–अमेरिका सम्बन्धको इतिहासमा कोसेढुङ्गा मानिएको अमेरिकी अनुदान सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजना कार्यान्वयन सुरु भएको अवसर पारेर एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन ब्राइट नै यतिखेर नेपालमा आउनुभएको छ । बुधबार आयोजित हर्षाेल्लास समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकाका तर्फबाट एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन ब्राइट, नेपालका लागि अमे