• ११ मंसिर २०८१, मङ्गलबार

साङ्गीतिक यात्रामा राई

blog

काठमाडौँ, असोज २२ गते । गायक पदम राईलाई ‘के गुलियो छ र सखर चिनी’, ‘पछि पछि लागेर’ बोलको गीत र भिडियोले चर्चाको शिखरमा पुर्‍याएको छ । विगतमा पनि उहाँका दर्जनौँ गीत श्रोतामाझ पुगिसकेका छन् । ‘जागिर खान्छु सरकारी अड्डामा’ बोलको गीतले उहाँलाई थप चर्चित बनायो । हालै बजारमा आएको ‘बाटो घुमाउरो’ बोलको भिडियो दर्शकको रुचिको बनेपछि गायक पदम राई स्थानीयस्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा रहेका नेपालीमाझसमेत लोकप्रियता हासिल गर्न थाल्नुभएको छ । 

राई ‘ताप्लेजुङ आइडल–२०६९’ हुनुहुन्छ । ताप्लेजुङ जिल्ला, नाङ्खोल्याङ गापाका स्थानिय बासिन्दा राई साङ्गीतिक प्रस्तुतिका क्रममा विभिन्न मुलुकको भ्रमण गरिसक्नुभएको छ भने इन्सेक कल्चर एन्ड वल्फेर सेन्टर, बुसन, साउललगायतका स्थानमा आफ्नो धमकेदार साङ्गीतिक प्रस्तुति दिएर कार्यक्रमका लागि हङकङ पुग्नुभएको छ । गायक राईसँगै कोरियामा सम्पन्न साङ्गीतिक कार्यक्रममा प्रकाश सपुत, रचना रिमाल, पूर्ण लिम्बूको पनि प्रस्तुति रहेको थियो ।