• १२ साउन २०८१, शनिबार

अग्रिम टिकट काट्नेहरूको भीड (फोटो फिचर)

blog

घर फर्कनका लागि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा टिकट लिन लामबद्ध भएका यात्रुहरू । तस्बिर : कविन अधिकारी

काठमाडौँ, असोज २२ गते । दसैँ तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न नयाँ बसपार्कमा भीड लागेका छन् । व्यवसायीहरूले यात्रुको सहजताका लागि आज (सोमबार) देखि अग्रिम रूपमा लामो दूरीमा चल्ने बसको टिकट खुला गरेसँगै यात्रुहरू टिकट काट्नका लागि भीड लागेको पाइएको छ ।

विभिन्न कामले अस्थायी तथा स्थायी रूपमा काठमाडौँ उपत्यकामा बसोबास गर्ने गरे पनि हिन्दुधर्मालम्वीहरु दसैँमा ठूलाबडाको आशीर्वाद थाप्न घर फर्कने गर्छन् ।

सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुला भएको छ। दसैँतिहार र छठ पर्वका लागि लामो तथा छोटो दूरीका सवारीको अग्रिम टिकट बुकिङ खुला भएको हो। यातायात व्यवस्था विभागमा शुक्रबार बसेको ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।