• १ जेठ २०८२, बुधबार

मोटरसाइकलको ठक्करबाट घाइते पौडेलको मृत्यु

blog

अनिल पराजुली
हेटौँडा, असोज २२ गते ।
धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना साइकलयात्रीको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

आइतबार साँझ हेटौँडा बजारबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री हेटौंडा–१७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेल गम्भीर घाइते हुनुभएकोमा हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको प्रहरी नायब उपरीक्षक (डिसपी) लक्ष्मी भण्डारीले बताउनुभयो ।

नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा डा. पौडेललाई मृत घोषित गरेको डिसपी भण्डारीले बताउनुभयो ।

मृतक पौडेलको शव हाल अस्पतालमै छ भने मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–१२ घलेगाँउ बस्ने अन्दाजी ३१ वर्षीय बलराम घलेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।