• १९ असार २०८१, बुधबार

जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास सुरु

blog

पारिवारिक इजलासको शुभारम्भ गनुहुँर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज २२ गते । जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास सुरु भएको छ । सोमबार बिहान पारिवारिक इजलासको शुभारम्भ गनुहुँर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताउनुभएको हो ।

उहाँले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोेफानो चाँडो टुङ्ग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास विस्तार गर्ने बताउनुभयो । उहाँले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्न आग्रह गर्नुभयो ।

‘‘यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलो पटक हो । यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्नसक्छ भन्ने उद्देश्य हो । काठमाडौं जिल्लामा त धेरै मुद्दाको सङ्ख्या, धेरै लोड छ तथापि उहाँहरुलाई प्राथमिकता दिन नसकेर, उहाँहरुलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि  एउटा फेमिली बेन्चको नामकरणबाट गरिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसले महिलाहरुका लागि केही न केही भए पनि जुन कानुनमा समस्या परेर आउनेका लागि छिटो छरितो र विश्वास गर्न सकिने न्याय आशा छ । यो इजलासमा बस्ने न्यायाधीशहरुले यो मक्सदलाई पूरा गर्ने दृष्टकोणबाट हेर्नुहोला । यो सफल भए अन्य मुद्दा पनि हामी थप्न सक्छौँ ।’’

प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्धविच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने बताउनुभयो ।