गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाको समस्या सल्ट्याउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुस्ती भएका सडक, पुल, झोलुङ्गे पुल र भवनसम्बन्धी योजनाको समस्या पहिचान गरी गति दिन पहल सुरु गरेको हो । मन्त्रालयका सचिव शङ्करराज पण्डितले समस्याग्रस्त योजनाको स्थलगत निरीक्षणका साथै प्राविधिक, निर्माण व्यवसायी, जनप्रतिनिधि, सुरक्षा अधिकारी र समुदायसँग छलफल गरेर निर्माणलाई गति दिन पहल गरिएको जानकारी दिनुभयो ।
पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद आचार्यको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन ।
दसैँतिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको कारोबार सुरु भएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा शनिबार लाग्ने हाटबजारमा चाडपर्वलक्षित खसीबोकाको कारोबार सुरु भएको हो ।
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।
सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो ।
कर्णाली राजमार्ग र रत्न राजमार्ग आवधिक मर्मत गरिने भएको छ। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले दुवै राजमार्गमा गरी करिब ४० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने भएको हो । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैङ्कको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत गर्न लागिएको छ ।
पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिने दिनमा पदबाट राजीनामा दिनुभएपछि अब त्यहाँको राजनीतिक मोड कता सोझिने हो भन्ने चासो बढेको छ । संविधानको धारा १६८(३) अन्तर्गत सबैभन्दा ठुलो दलको हैसियतले ३० दिनअघि सर्वोच्चको परमादेशबमोजिम मुख्यमन्त्री बन्नु
सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक यति बेला प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बहसको विषय बनेको छ । राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित २०७९ साल चैत २९ गते यो विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको हो । राष्ट्रिय सभामा उत्पत्ति भएका कारण प्रतिनिधि सभाको अवधि समाप्त भएर पनि यो विधेयक कायमै रह्यो र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पहिलो अधिवेशनमा नै संसद्मा प्रस्तुत गर्नुभएको हो । यो विधेयक सा
नेपालको शिक्षा ऐनलाई सङ्घीय ढाँचामा बदल्न संशोधित विधेयक सरकारले संसद्मा दर्ता गरेको छ । यसबारे संसद्को छलफलमा सांसद्हरूका टिप्पणी विरोध, आलोचना, प्रहार अनि आक्रमणहरूले भरिपूर्ण छन् । आफूले गर्न नपाएको, सरकारले आफूसँग सल्लाह नगरेको, संविधानविरुद्ध भएको जस्ता आरोपहरूले आजसम्मको राजनीतिक ढिलासुस्तीलाई ढाक्न खोजिएको मात्र देखिन्छ । कुनै न कुनै समयमा आफूहरू सरकारमा भएको र गर्न नसकेको स्विकार्नुको सट्टा विरोधका लागि विरोधमा उत्रनु, कुण्ठा सुनाउनु तर निकास दिन नसक्नु देशका लागि दुःखद कुरा हो ।
स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको छ ।
नेपालीको घरआँगनमा बिस्तारै दसैँको आगमन हुँदै छ । लामै समयदेखि अर्थतन्त्रमा आएको सुस्त, अझ मन्दीतिर गइरहेको अवस्थालाई यो दसैँ, तिहारलगायत चाडपर्वले अलिकति भए पनि अवरोध गर्ने अनि अर्थतन्त्रलाई गति दिने आशा पलाएको छ । सुस्त अर्थतन्त्रका बिच सहरका मुख्य बजारमा केही दिनयता चलहपहल बढ्न थालेको छ । राजधानी उपत्यका मुख्य बजार नयाँ सडक, असन, इन्द्रचोक, मङ्गलबजार, लगनखेललगायतका क्षेत्रमा ग्राहकको उपस्थिति भिडतर्फ उन्मुख हुँदै छ । डिपार्टमेन्ट स्टोरमा चहलपहल बढेको छ । ग्राहकको उपस्थिति बढ्न थाले पनि किनमेल भने खासै बढ्न नसकेको व्यापारीहरूको भनाइ छ तर कतिपयले व्यापारीको यो
मुलुकवासीप्रति प्रत्येक सरकारको सामाजिक तथा नागरिक दायित्व हुन्छ । सोही अनुसार हरेक मुलुकले आफ्ना नागरिकको विकास र समृद्धिमा ध्यान दिएको हुन्छ । नेपालले पनि २०८०/८१ को बजेटमा एक खर्ब ९७ अर्ब २९ करोड शिक्षामा खर्च गर्ने लक्ष्य राखेको छ । यसै अवधिमा भारतले ६८ हजार ८०५ करोड, अमेरिकाले १२९ विलियन डलर खर्च गरेको देखिन्छ । प्रत्येक देशले आफ्नो जनशक्तिलाई साक्षर, शिक्षित, सक्षम बनाउन प्रयास गरिरहेको हुन्छ ।
पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहनुभएको छ । उहाँको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।
अर्थर मिलरले लेख्नुभएको ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ । नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरू दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरलप्रताप अधिकारीले नाटकको पुस्तक विमोचन गर्नुभएको हो ।