• १३ साउन २०८१, आइतबार

सडक मर्मतका क्रममा पहिरोले जेसिवी पुरिँदा एकको मृत्यु

blog

रेखीराम राना

पाल्पा, असोज २२ गते । पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहनुभएको छ । उहाँको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ । 

आइतबार बेलुकी ६ बजेतिर जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसिबीलाई पुरेको थियो । 

पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । पहिरोले पुरिएर घाइते हुनुभएका खड्कालाई उपचारका लागि तानसेन ल्याइएको थियो ।