कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ७७ जना आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको समन्वयमा चलेको आँखा शिबिरमा मोतीबिन्दु भएका ७७ जना आँखाका बिरामीको शल्यक्रिया भएको हो ।
गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीति आल्बम ‘तिम्रो खुशी’ आइतबार कुपण्डोलमा लोकार्पण गरिएको छ । लामो समयदेखि उपन्यास विधामा कलम चलाउँदै आउनुभएका ताम्राकारले क्यान्सरजस्तो जटिल रोगलाई जितेर केही समय यता गीत रचनातर्फ लाग्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताउनुभएको छ । दलाल पूँजीबादका कारण मुलुकमा चरम निराशा र संकट देखापरेको भन्दै त्यसबाट उन्मूक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाइ छ ।
प्राचीन कपिलवस्तुको पहिचान तथा पर्यटन प्रवर्द्धनका लागि तौलिहवामा सात दिने स्थानीय पर्यटक पथ प्रदर्शक तालिमको सुरुवात गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो ।
नेपाल राष्ट्र बैङ्कले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैङ्कले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार्डपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बागमती प्रदेशको राजधानी रहेको विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था मिलाउनुपर्ने, पूर्व–पश्चिम महेन्द्र राजमार्ग, कान्ति लोकपथलगायत राजधानीसँग पाँच वटाभन्दा बढी लोकमार्गहरु जोडिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा व्यवस्थापन मिलाउन सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका तीन घाइतेलाई हवाई साधनद्वारा उद्धार गरिएको छ ।
वैदेशिक रोजगारीका लागि जापान पठाउने भनी १७ लाख २५ हजार रुपियाँ ठगी गर्ने म्याग्दी रघु गाउँपालिका – १ का दुर्गा बहादुर भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेशका अर्थ तथा योजना समितिले सिरहामा सञ्चालित शौर्या सिमेन्ट र मारुती सिमेन्ट कम्पनीको अनुगमन गरी मधेश प्रदेश सरकारबारे जानकारी लिएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेलाई सिद्ध्याउन पार्टीभित्रैबाट प्रयत्न भएको बताउनुभएको छ ।
विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले नगद आठ लाख रुपियाँ र लागूऔषध सहित पाँच जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
गुल्मीको तम्घासमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । जिल्ला भलिबल सङ्घको आयोजनामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुनेभएको पत्रकार सम्मेलनमार्फत महासचिव नारायण आचार्यले जानकारी दिनुभयो ।
प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश मामिला समितिले दफावार छलफलपछि प्रदेशसभामा पेस गरेको छ ।