• २९ वैशाख २०८१, शनिबार

प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना

आठ सयभन्दा बढी जनशक्ति परिचालन गरिने

blog

जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

राममणि दाहाल

हेटौँडा, असोज २१ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार्डपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बागमती प्रदेशको राजधानी रहेको विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था मिलाउनुपर्ने, पूर्व–पश्चिम महेन्द्र राजमार्ग, कान्ति लोकपथलगायत राजधानीसँग पाँच वटाभन्दा बढी लोकमार्गहरु जोडिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा व्यवस्थापन मिलाउन सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ । 

लामो दूरीको सवारीसाधन जाँच, सरकारी कार्यालय र विशिष्ट व्यक्तिको सुरक्षा, प्रहरी कार्यालय सुरक्षा, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा, बजार अनुगमनलगायतका लागि ८१७ जना प्रहरी कर्मचारी परिचालन गरिने भएको छ । 

चाडपर्वमा हुनसक्ने आपराधिक घटना, राजमार्गमा हुनसक्ने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, सवारी दुर्घटना, झैझगडा लगायतलाई मध्यनजर राख्दै शान्ति सुरक्षा एवं अमनचयन कायम राख्न आवश्यक प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना बनाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

लोकमार्गमा नियमित दिवा तथा रात्रि गस्ती, पैदल गस्ती समेत बढाइ यात्रीहरूको गन्तव्य स्थानसम्म आवत–जावतका लागि सहज तथा भयरहित वातावरण निर्माण गर्ने योजना रहेको मकवानपुरका प्रहरी प्रवक्तासमेत रहनुभएका भण्डारीले बताउनुभयो । 

साथै चाडपर्वको समयमा हुनसक्ने चन्दा असुली, कृत्रिम अभाव, कालो बजारीलगायतको अनुगमन गरी दैनिक उपभोग्य सामानको सर्वसुलभता गराउने सम्बन्धमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिने उहाँले बताउनुभयो ।