• २६ वैशाख २०८२, शुक्रबार

‘रोजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य एजेन्डा हुनुपर्छ’

blog

कार्यक्रममा एकीकृत समाजबादीका नेताहरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, असोज २१ गते । नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताउनुभएको छ ।  दलाल पूँजीबादका कारण मुलुकमा चरम निराशा र संकट देखापरेको भन्दै त्यसबाट उन्मूक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाइ छ ।

एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आइतबार बुटवल र भैरहवामा भएका जनसभालाई सम्बोधन गर्दै शिर्ष नेताहरुले रोजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य ऐजेन्डा बन्नुपर्ने बताउनुभएको छ  ।

एकीकृत समाजवादीका शिर्ष नेताहरुले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताएका छन ।  दलाल पूँजीबादका कारण मुलुकमा चरम निराशा र संकट देखापरेको भन्दै त्यसबाट उन्मूक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाइ छ । 

सो पार्टीको मेची–महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आईतबार बुटवल र भैरहवामा भएका जनसभालाई सम्बोधन गर्दै शिर्ष नेताहरुले राजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य ऐजेन्डा बन्नुपर्ने बताउनुभएको छ । 

पूर्व प्रधानमन्त्री एवम् सम्मानित नेता झलनाथ खनालले २०६२–६३ सालको जनआन्दोलनपछि मुलुकको नेतृत्व दलाल पूँजीबादले गरेकाले देशमा चरम संकट देखापरेको बताउनुभयो । अहिलेको व्यवस्थाले आम नागरिकलाईभन्दा बढी विचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको उहाँको आरोप छ । 

नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको दाबी गर्नुभयो । ‘यो व्यवस्थामा कुनै सरकारले काम गर्न सक्दैन’ उहाँले भन्नुभयो, ‘यसैले व्यापक सुदृढीकरण जरुरी छ । यसैले हामीले नयाँ योजनासाथ अभियान चलाएका छौं ।’ 

महासचिव घनश्याम भुसालले मुलुक बनाउने संकल्पका साथ समाजवादी जागरण अभियान सुरु गरिएको बताउनुभयो  । उहाँले आफुहरुले भनेको कुरा नयाँ नभए पनि संकल्प र योजनाका साथ मुलुक बनाउनेगरी समाजवादी जागरण अभियान सुरु गरिएको बताउनुभयो ।