नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपालद्वारा मधेश प्रदेशको आठ वटै जिल्लामा नेपाल–भारत सीमा स्तम्भहरुको पुनरनिर्माण, मर्मत सम्भार र रङ्गरोगनको काम सुरु गरिएको छ ।
नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकासकुमार ठाकुरले आइसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत शुक्रबार हुने सेमिफाइनल खेलका लागि एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यन्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा खानेपानीको समस्या देखिएको छ । नगरका २५ प्रतिशत सर्वसाधारणलाई मात्रै खानेपानीका आयोजनाबाट पानी वितरण भएको हो ।
नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर-पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटका यात्रुबाहक सवारीसाधन अनावश्यक पार्किङ गरिएकाले हटाउन सुरु गरिएको सिद्धार्थनगर-१ का वडाध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो ।
केही वर्षअघिसम्म असोज-कात्तिक र चैत-वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली कांग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्ने भएको छ । तम्घासस्थित जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवनमा बसेको जिल्ला कार्य समितिको एघारौँ बैठकमा मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू टुङ्ग्याउन सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली श्रम स्वीकृतिलगायतका कागजात बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकेको खजुरा गाउँपालिका–४ कुमालटोलकी सुकुमाया कुमाल दृष्टिविहीन र सहाराविहीन हुनुहुन्छ । जन्मदेखि दृष्टिविहीन सुकमाया एक छोरा र वृद्ध बुवाको समेत लालनपालन गर्दै आउनुभएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो ।